• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ९, शनिबार २०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर ९ / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएकी छन् ।

    हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा निर्मूलनमा महत्वपूर्ण सहयोग पुग्न विश्वास व्यक्त गरिन् । हरेक वर्ष नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ पनि आजबाट सुरु भएको छ ।

    “हाम्रो देशमा लैङ्गिक समानता र महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणाम स्वरुप संवैधानिक, कानुनी र संरचनागत व्यवस्था गरिएपछि राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि हुनाको साथै महिलाको सामाजिक–आर्थिक अवस्था क्रमशः सुधारोन्मुख रहेको छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

    तथापि, समाजमा विद्यमान अन्धविश्वास, पछौटेपन र सचेतनाको अभावका कारण बालविवाह, बहुविवाह, दाइजो, तिलक तथा छाउपडी प्रथा, बोक्सीको आरोप जस्ता विभेदजन्य कुप्रथाहरू पूर्णरूपमा निर्मूल गर्न हामीले अझै नसकेका पस्ट पार्नुभएको छ ।त्यसैगरी घरेलु हिंसा, यौन दुर्व्यवहार, एसिड आक्रमण, महिला बेचबिखन, बलात्कार र हत्या जस्ता महिलाविरुद्ध हुने हिंसाजन्य घटनासमेत दैनिकजसो घटिरहेको र  प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ स्वरूपसमेत प्रकट भइरहेका उनको भनाइ छ ।

    “यस दिवसबाट लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सबैलाई थप उत्साहका साथ काम गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दै ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ को सफलताको कामना गर्दछु”, उनले भनिन् । रासस

    Post Views: 221
    प्रकाशित मिति: २०८० मंसिर ९, शनिबार २०:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.