• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पोखरा ल्याइयो ७ वटा मुर्रा राँगा, फूलमालासहित स्वागत

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ९, शनिबार १३:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा,मंसिर ९ / भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।

    भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।

    ‘यहाँ ल्याइएका राँगालाई पहिलो चरणमा २१ दिन क्वारेन्टिनमा राखेर त्यसपछिमात्रै विर्य संकलनका लागि तयार हुनेछन्,’ उनले भने ।गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोही अनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

    नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा बुधबार नेपाल भित्रिएका हुन् । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ ।

    भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।

    पोखरामा पहिल्यै थिए मुर्रा राँगो

    कार्यालय प्रमुख पाण्डेयका अनुसार शुक्रबार राति आएका मुर्रा प्रजाति पोखराका लागि नयाँ भने होइनन् । यसअघि नै पोखरामा ९ वटा मुर्रा राँगा छन् । ‘तर, सरकारी तवरबाटै पहल गरेर आएको पहिलो पटक हो,’ पाण्डेयले भने, ‘पहिले पहिले व्यक्तिगत वा संस्थागत रुपमा आग्रह गरेर ल्याइएका मुर्रा हुन् ।’

    पाण्डेयका अनुसार हालै आएका मुर्रा राँगा भने अघिल्लाभन्दा पनि बढी उत्पादन क्षमताका हुन् । ‘पहिले हामीसँग भएका पनि मुर्रा नै हुन् । तर, ती अहिलेको भन्दा कम उत्पादन क्षमताका हुन् । अहिलेको ३ हजारदेखि ४५ सय लिटरसम्म दूध दिने क्षमताका मुर्रा सन्तान हुन् ।’

    यसअघि पनि यही उन्नत जातको मुर्रा पोखरा ल्याउन पटकपटक प्रयास गर्दा पनि असफल भएको पाण्डेयको दाबी छ । उनले पटकपटक टेन्डर गर्दा पनि रद्द भएको र नेपाल सरकारबाटै पहल भए पछि बल्ल प्राप्त गर्न सकेको बताए । ‘हामी आफैं इन्डिया गएर प्राविधिक चेकजाँच गरेका छौं । यसपटक भने सफल भयौं,’ उनले भने । केही समयअघि पोखरामा कोरियन उन्नत जातका साँढे पोखरा ल्याइएको थियो । कोरियाबाट ल्याइएका उन्नत जातका १५ वटा गाईमा ६ वटा बाच्छा छन् भने ९ वटा बाच्छी छन् । तिनीहरु हुर्किँदैछन्,’ पाण्डेयले भने ।

    कार्यालयका अनुसार हाल राष्ट्रिय प्रजनन् केन्द्र पोखरामा ६० वटा उन्नत जातका राँगा तथा साँढे छन् । तर, ती सबै उत्पादनका लागि तयार भइसकेका छैनन् । ‘धेरै त साना छन्, तिनीहरु हुर्किनै समय लाग्छ । विस्तारै तिनीहरु पनि विर्य संकलनका लागि तयार हुँदैछन्,’ डा पाण्डेयले भने ।

    पोखरामा वार्षिक २० हजारभन्दा बढी हुन्छ कृत्रिम गर्भाधान

    हाल नेपालका ७० जिल्लामा कृत्रिम पशु गर्भाधान सेवा उपलब्ध हुँदै आएको छ । ती जिल्लाबाट वार्षिक करिब ९ लाख संख्यामा कृत्रिम गर्भाधान हुँदै आएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा प्रमुख डा पाण्डेयका अनुसार पोखराबाटमात्रै वार्षिक २० हजारभन्दा धेरैको संख्यामा कृत्रिम गर्भाधान सेवा दिइँदै आइएको छ ।

    ‘कृत्रिम गर्भाधान गराउनेभरिमा पोखरा टप १० भित्रै पर्छ । त्यसो हुँदा यहाँबाटमात्रै वार्षिक ६ लाख १३ हजार डोज विर्य वितरण हुन्छ,’ उनले भने । उनले नेपालभर वार्षिक साढे ९ लाखको हाराहारीमा विर्य डोज वितरण हुँदै आएको जानकारी दिए ।साभार अनलाइनखबर

    Post Views: 171
    प्रकाशित मिति: २०८० मंसिर ९, शनिबार १३:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.