• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

फोहोरमैला व्यवस्थापन गर्न ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ८, शुक्रबार १७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खजुरा, मंसिर ८ गते / नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शुक्रबार बसेको वैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    नेपालगन्ज उपमहानगरपालिकाले मङ्सिर २२ गतेसम्म सूचना प्रकाशन-प्रशारण, माइकिङ र पम्प्लेट वितरणमार्फत सचेतना अभियान सञ्चालन गरिने वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । तत्पश्चात निरन्तर अनुगमन र निरीक्षण गरिने डिसीको भनाइ छ । अनुगमनका क्रममा गैरजिम्मेवारी देखिएमा फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना हुने उहाँले बताउनुभयो । 

    नगर प्रमुख विष्टले सफा, स्वच्छ र सुन्दर सहर बनाउन नगरवासी सबैले सङ्कल्प गर्नुपर्ने बताउँदै पटक–पटक सम्झाउँदा पनि अटेर गरे अब जरिवाना गरिने बताउनुभयो । “पहिलो चरणमा स्याम्प्लिङको रुपमा न्युरोड कल्पत्रु होटेलदेखि चारबाहिनी चोकसम्म सघनरुपमा अभियान चलाएर सुरुवात गर्छौं, त्यसपछि यसलाई व्यापकरुपमा अगाडि बढाउँछौं, उहाँले भन्नुभयो । फोहोरमैला व्यवस्थापन ऐन अनुसार जथाभावी फोहोर फालेमा ५ हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना हुनेछ । नेपालगन्ज उपमहानगरले दैनिक रुपमा विहान फोहोर सङ्कलन गरिरहेको छ । आफ्नो फोहोर आफ्नै डस्टविनमा राखेर फोहोर सङ्कलन गर्ने गाडीमा राख्न प्रोत्साहन गर्न अभियान थालिएको हो ।

    वैठकमा उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष मो. अय्युब सिद्दिकी, ९ का अध्यक्ष गोविन्द रेग्मी, १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठ, ११ का अध्यक्ष नन्दकिशोर कश्यप, फोहोरमैला व्यवस्थापन अभियन्ता एवम् बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरी, होटल व्यवसायी संघका अध्यक्ष रङ्गबहादुर खड्का, वैश्य समाज, मुस्लिम समाज, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो । साभार गोरखापत्र 

    Post Views: 228
    प्रकाशित मिति: २०८० मंसिर ८, शुक्रबार १७:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.