• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ८, शुक्रबार १०:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

    काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले प्रसाईँलाई कुनैपनि हालतमा तीनकुनेमा प्रदर्शन गर्न नदिइने बताएका छन्।

    ‘हामीलाई औपचारिक रूपमा जानकारी पनि आएको छैन। अनुरोध पनि आएका छैन। सुरक्षा संवेदनशीलताका दृष्टिकोणले हामीले त्यहाँ कार्यक्रम गर्न दिँदैनौ’, उनले नागरिक न्यूजसँग भने।

    आचार्यले विमानस्थल नजिकै भएकाले पनि तीनकुने सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको उल्लेख गर्दै भने, ‘आइकाओको मापदण्डले पनि त्यहाँ कार्यक्रम गर्न दिँदैन।’

    उनले अनुमति नलिई सुरक्षा संवेदनशील स्थानमा प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे। ‘उहाँलाई हामीले तोकेको स्थान बल्खु हो, त्यो बाहेकमा प्रदर्शन गर्न दिँदैनौ’, आचार्यले भने।

    यता प्रसाईँ बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै शुक्रवारदेखि तीनकुनेमै प्रदर्शन गर्ने जनाएका थिए। उनले तीनकूनबाट प्रदर्शन गरेर सिंहदरबार पुग्ने पनि बताएका थिए। प्रसाईँले गणतन्त्र नफालेसम्म प्रदर्शन निरन्तर रहने चेतावनी सरकारलाई दिएका छन्।

    बिहीवारको प्रदर्शनमा अपेक्षा गरेभन्दा कम प्रदर्शनकारीहरू आएको सुरक्षा निकायहरूले अड्कल गरेका छन्। व्यवसायी प्रसाईँले आफ्नो आन्दोलन श्रीलङ्का स्टाइलमा अघि बढ्ने जानकारी पनि दिएका थिए।

    उनको नेतृत्वको बिहीवारको प्रदर्शनीमा उपस्थितहरूको सङ्ख्या अपेक्षाकृत नभएको सुरक्षा निकायहरूले आँकलन गरेका छन्। सुरक्षा निकायका अनुसार बढीमा ९ हजार सर्वसाधारणको उपस्थिति हुने सक्ने उनीहरूको आकलन छ। साभार नागरिक

    Post Views: 235
    प्रकाशित मिति: २०८० मंसिर ८, शुक्रबार १०:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.