• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दोलखाबाट करोडौँको कुट्की निर्यात

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ६, बुधबार ०८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दोलखा, मंसिर ६ गते / मार्वुबाट वर्षमा करोडौँको कुट्की निर्यात हुने गर्दछ । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्वुबाट करोडभन्दा बढीको कुट्की निर्यात हुँदै आएको छ । उच्च हिमाली भेगमा पाइने जडीबुटी कुट्की मार्वुको च्छोकुम, बुधे पोखरी, पाङलाखीलगायतको क्षेत्रमा पाइने गरेको बताइन्छ । 

    रुघाखोकी, उच्च रक्तचाप र ज्वरोको औषधिको रूपमा प्रयोग हुने कुट्की यहाँबाट एक पटकमा २५ हजार केजी लाने गरेको कुट्की सङ्कलक सुरेन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार कुट्की प्रतिकेजी बजार मूल्य एक हजार पाँच सय रुपियाँ पर्दछ । कुट्की खन्नको लागि यस भेगमा जुम्लाबाट ४० जनाभन्दा बढी आएको र दुई महिना सङ्कलनका लागि समय लाग्ने गरेको छ । 

    कुट्की जत्ति धेरै खन्न सक्यो उत्ति नै बढी उम्रिने गर्दछ । यो क्षेत्र कुट्कीका लागि उपयुक्त रहेको छ । एक ठाउँमा एक पटक खनेपछि पाँच वर्षसम्म नउम्रिने सङ्कलक सुरेन्द्र अधिकारीले बताउनु भयो ।  कुट्की खन्ने सिजन भदौ र असोज महिना हो । सुकाउन र बोरामा प्याकिङ गर्न निकै समय लाग्ने गर्दछ । कुट्की खन्नका लागि जुम्लाबाटै मजदुर ल्याउने गरिएको छ । जुम्लाका व्यक्तिहरू यस सम्बन्धी अनुभवी र मिहिनेत भएकाले अन्यत्र पनि उनीहरुनै प्रयोग गर्ने गरेको अर्का कुट्की सङ्कलक रुद्रबहादुर अधिकारीले बताउनु भयो । 

    तयार भएको कुट्की नेपालगन्ज या चीनमा निर्यात गर्ने गरिएको छ । नेपालको कर्णाली प्रदेशका ५ जिल्ला र दोलखामा पनि अधिक मात्रमा पाइने उहाँले बताउनु भयो । साभार गोरखापत्र

    Post Views: 223
    प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार ०८:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.