• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप छनोट फुटबल : घरेलु मैदानमा यमनसँग हार्‍यो नेपाल

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ५, मंगलवार २१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर ५ / विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको नेपाल र यमनबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालले दुबै गोल खाएको थियो । निर्धारित समयको ७२औँ मिनेटमा यमनका खेलाडी ओमर अल दाहीले नेपालको पोष्टमा उत्कृष्ट गोल गरेका थिए ।

    त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालले दोस्रो गोल खाएको थियो । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाह अल दाहीले गरेका थिए ।  विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा रहेका छन् । यो प्रतियोगिता विश्वकप छनोटसँगै सन् २०१७ मा आयोजना हुने एएफसी एसियन कपका लागि दोस्रो चरणको छनोट पनि हो । सन् २०२६ मा आयोजना हुने विश्वकपको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा नेपाली टोली समूह ‘एच’ मा परेको छ ।  उक्त समूहमा नेपाल र यमनसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइन पनि रहेका छन् ।

    यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली यूएईसँग ०—४ गोलले पराजित भएको थियो । उक्त खेल यूएईको घरेलु मैदानमा खेलिएको थियो । घरेलु मैदानमा भने नेपालले यमनसँग पहिलो खेल खेलेको हो । समूह ‘एच’ मा एक खेल खेलेको यूएई तीन अंकसहित पहिलो, एक खेल खेलेको बहराइन तीन अंकसहित दोस्रो, दुई खेल खेलेको यमन तीन अंकसहित तेस्रो र दुबै खेलमा पराजित भएको नेपाल शून्य अंकसहित चौथो स्थानमा आसिन छन् ।

    दोस्रो चरणको छनोट खेलमा सहभागी ३६ टोलीलाई नौवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार—चारवटा टोली रहेका छन् । प्रत्येक समूहमा रहेका टोलीले एकअर्कासँग ‘होम’ एन्ड ‘अवे’ का आधारमा एक-एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

    म्यानमारको पोष्टमा उत्तर कोरियाको आधा दर्जन गोल

    मंगलबार नै खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा उत्तर कोरियाले म्यानमारलाई ६—१ गोलको विशाल अन्तरले पराजित गर्‍यो । उक्त समूहमा एक खेल खेलेको जापान तीन अंकसहित पहिलो र दुई खेल खेलेको उत्तर कोरिया तीन अंकसहित दोस्रो स्थानमा छन् । एक खेल खेलेको सिरिया तीन अंकसहित तेस्रो र दुवै खेलमा पराजित भएको म्यानमार चौथो स्थानमा छन् ।

    समूह ‘सी’ अन्तर्गतको खेलमा दक्षिण कोरियाले चीनलाई ३—० गोलले हरायो । सोही समूहको अर्को खेलमा थाइल्यान्डले सिंगापुरलाई ३—१ गोलले पराजित गर्‍यो । उक्त समूहमा सबै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । ६ अंकसहित दक्षिण कोरिया पहिलो, तीन अंकसहित थाइल्यान्ड दोस्रो र तीन अंकसहित चीन तेस्रो स्थानमा छन् । दुबै खेल हारेको सिंगापुर चौथो स्थानमा छ ।

    समूह ‘डी’ अन्तर्गतको खेलमा मलेसियाले चाइनिज ताइपेइलाई १—० गोलले हरायो । दुई खेलबाट ६ अंक जोडेको मलेसिया पहिलो स्थानमा छ । एक खेलबाट तीन अंक बटुलेको ओमान दोस्रो स्थानमा छ । एक खेल खेलेको किर्गिस्तान र दुई खेल खेलेको चाइनिज ताइपेइले अंक जोड्न सकेका छैनन् ।

    समूह ‘ई’ अन्तर्गतको खेलमा हङ्कङ र तुर्कमिनिस्तानले २—२ गोलको बराबरी खेले । अर्को खेलमा उज्बेकिस्तानले इरानलाई पनि २—२ गोलको बराबरीमा रोक्यो । उक्त समूहमा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । चार अंकसहित इरान पहिलो, चार अंकसहित उज्बेकिस्तान दोस्रो, एक अंकसहित तुर्कमिनिस्तान तेस्रो र एक अंकसहित हङ्कङ चौथो स्थानमा छन् ।

    समूह ‘एफ’ अन्तर्गतको खेलमा फिलिपिन्सले इन्डोनेसियालाई १—१ गोलको बराबरीमा रोक्यो । अर्को खेलमा इराकले भियतनामलाई १—० गोलले हरायो । उक्त समूहमा सबै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । ६ अंकसहित इराक पहिलो, तीन अंकसहित भियतनाम दोस्रो, एक अंकसहित फिलिपिन्स तेस्रो र एक अंकसहित इन्डोनेसिया चौथो स्थानमा छन् ।

    समूह ‘जी’ अन्तर्गतको खेलमा ताजकिस्तानले पाकिस्तानलाई ६—१ गोलले हरायो । दुई खेल खेलेको ताजकिस्तान चार अंकसहित पहिलो, एक खेल खेलेको साउदी अरेबिया तीन अंकसहित दोस्रो, एक खेल खेलेको जोर्डन एक अंकसहित तेस्रो र दुबै खेलमा पराजित भएको पाकिस्तान शून्य अंकसहित चौथो स्थानमा आसिन छन् ।

    समूह ‘आई’ अन्तर्गतको खेलमा बंगलादेशले लेबनानलाई १—१ गोलको बराबरीमा रोक्यो । उक्त समूहमा एक खेल खेलेको अस्ट्रेलिया तीन अंकसहित पहिलो, दुई खेल खेलेको लेबनान दुई अंकसहित दोस्रो, एक खेल खेलेको प्यालेस्टाइन एक अंकसहित तेस्रो र दुई खेल खेलेको बंगलादेश एक अंकसहित चौथो स्थानमा रहेका छन् ।साभार रातोपाटी

    Post Views: 227
    प्रकाशित मिति: २०८० मंसिर ५, मंगलवार २१:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.