• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यमनविरुद्ध जित निकाल्ने तयारीमा छौं: कप्तान चेम्जोङ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ४, सोमबार १९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनविरुद्ध चुनौति प्रस्तुत गर्न तयार रहेको बताएका छन्।

    नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो। समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स(युएई) बिरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ। नेपालले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग राती ७ बजे खेल्नेछ। सोमवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर किरणले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको बताएका हुन्।

    उनले युएईविरुद्धको हार मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे। यमन पनि समूहको पहिलो खेलमा बहराइनसँग २–० ले हार व्यहोरेर नेपाल आएको हो। फिफा वरीयतामा १५६ औं स्थानमा रहेको यमन १७३ औं वरीयताको टोली नेपालका लागि बलियो प्रतिद्वन्द्वी हुनेछ। तर, कप्तान किरण खेलाडीहरू बलियो टोली यमनबिरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको बताउँछन्।

    घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित रहेको उल्लेख गर्दै कप्तान किरणले टोलीको समर्थनका लागि दर्शकको राम्रो उपस्थिति रहने समेत विश्वास व्यक्त गरेका छन्। टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनविरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन्। युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएको गल्ती सुधार गर्दै जित निकाल्ने उनको भनाइ छ। प्रशिक्षक एनेसले पनि घरेलु भूमीमा समर्थकको राम्रो साथ रहने विश्वास व्यक्त गरे।

    समूहविजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन्। त्यसैले समूहमा कमजोर मानिएका नेपाल र यमन दुवैका लागि मंगलबारको खेल महत्वपूर्ण रहनेछ। पछिल्ला समय चोटमा रहेका डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर लाकेन लिम्बू र मनीष डाँगीको उक्त खेलमा सहभागिता बारे सबैको चासो थियो। यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईबिरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन यमनबिरुद्ध अनुपस्थित रहने उल्लेख गरे। अनन्तको पुनरागमन हुने भएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनबिरुद्ध टिकट मूल्य समेत निर्धारण गरिसकेको छ। एन्फाले साधारणतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपैयाँ निर्धारण गरेको छ। सो खेल राती भएकाले एन्फाले समर्थकका लागि २५ वटा बसको व्यवस्था पनि गरेको जनाएको छ। मंगलवारका खेलका लागि नेपालले र यमनले सोमवार दशरथ रंगशालामा साँझ फरकफरक समयमा तयारीसमेत गरेका छन । साभार नागरिक

    Post Views: 171
    प्रकाशित मिति: २०८० मंसिर ४, सोमबार १९:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.