• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई नेपालले ४५ रनले हरायो

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ३, आईतवार १०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर ३/चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई  ४५ रनले हराएको छ।  हङकङमा आज सम्पन्न खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफमा जापानले निर्धारीत २० ओभरमा ७० रन बनाउँदा सबै विकेट गुमायो र खेल ४५ रनले हार्न पुग्यो ।

    यस अघि लिग चरणको खेलमा पनि नेपालले जापानलाई ६७ रनले हराएको थियो। नेपालको पालीमा  सबैभन्दा बढि पुजा महतोले  ५१ बलमा ३ चौकासहित ४३ रन बनाइन ।त्यसैगरी रोमा थापाले २२ रन , रुबिना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन बनाए ।त्यसैगरी सिताराना मगर ५ रन बनाएर आउट भइन। काजल श्रेष्ठ ३ रन तथा अस्मीना कर्मचाय २ रनमा नट आउट रहे।

    बलिङतर्फ नेपालकी सिता रानामगर, कप्तान इन्दु बर्मा , संगिता राई, खुसी डंगोल र सोनी पाख्रिनले एक एक विकेट लिए ।  लिग चरणमा  नेपाल हङकङमा  र तान्जानिया दुवैसंग पराजित भएको थियो । तीन खेलमध्ये  तीनै खेल जितेर हङकङ पहिलो तथातान्जानिया तीन मध्ये दुई खेल जितेर फाइनलमा पुृगेका छन।

    नेपाल पहिलो खेलमा तान्जानियासित २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा हङकङले नेपाललाई ९ विकेटबाट हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले हरायो।आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्।साभार नागरिकन्युज

    Post Views: 221
    प्रकाशित मिति: २०८० मंसिर ३, आईतवार १०:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.