• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बरुणको हत्या आरोपमा आठ पक्राउ, अझै तीन फरार

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार २१:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर १ (माउण्टेनसमाचार)/ गत कात्तिक २७ गते लक्ष्मी पुजाको दिन मध्यरातमा गुलरिया नगरपालिका–६ का २० वर्षिय बरुण घिमिरेमाथि खुकुरीलगायत अन्य हात हतियार प्रयोग गरि मरणासन्न हुने गरि कुटपिट भयो । कुटपिटबाट गम्भिर घाईते भएका घिमिरेलाई उपचारको लागि नेपालगंज लैजाँदा लैजाँदै बाटोमा राति साढे २ बजे मृत्यु भयो ।

    घिमिरेमाथि चक्कु, नोख, चिर्पटा र हेल्मेटलगायत हातहतियार प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुलरिया नगरपालिका–५ जुस फ्याक्ट्री नजिक घिमिरेमाथि निर्घात कुटपिट भएको थियो ।
    हत्या आरोपमा प्रहरीले अहिलेसम्म आठ जनालाई पक्राउ गरिसकेको छ । अझै तीन जना फरार रहेकोे प्रहरीले जनाएको छ ।

    गुलरिया नगरपालिका–६ का २३ वर्षिय सुलभ थापा, वडा नंम्बर ५ का १९ वर्षिय दिपेश बुढामगर, वडा नंम्बर ६ का २४ वर्षिय धिरज ठाकुर, वडा नंम्बर ८ का १९ वर्षिय सन्दिप थारु र १९ वर्षिय दिनानाथ चौधरी पक्राउ परेका छन् । त्यसैगरी घिमिरेको हत्यामा सहयोगी भुमिका खेल्ने गुलरिया नगरपालिका–६का १८ वर्षिय रक्षक भन्ने रोशन शाह, वडा नंम्बर ४ का १८ वर्षिय निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका–३ का २३ वर्षिय तर्क भण्डारी पक्राउ परेका छन् । घटनामा संलग्न गुलरिया नगरपालिका–६ का १९ वर्षिय सुरेश भन्ने सुयस थापा, वडा नंम्बर ५ का २० वर्षिय आलोक आश्रित र वडा नंम्बर ४ का १९ वर्षिय सुमन सुनार अझै फरार रहेको प्रहरीले शुक्रबार जनाएको छ ।

    उक्त समुहले मृतकका दुई साथीलाईसमेत निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गेरुवा गाउँपालिका–६ का २१ वर्षिय मोहित पुन र गुलरिया नगरपालिका–६ का रञ्जन कुँवर घाईते रहेको प्रहरीले जनाएको छ ।

    घटनाको मुख्य आरोपी सुलभ थापा रहेको खुलेको छ । प्रहरीका अनुसार एक वर्ष अघि थापा र घिमिरेबिच विवाद भएको थियो । पुरानो रिसिबीको बदला लिने उदेश्यले थापाले यस्तो घटना घटाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार तीन जनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

    Post Views: 428
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार २१:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.