मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार गुलरिया नगरपालिका–५ का कृष्ण प्रसाद अधिकारीको मृत्यु भएको बिषयलाई लिएर परिवारजनले बर्दियाको गुलरिया नगरपालिकाको खैरापुर चोकमा चक्काजाम गरेका छन ।

गुलरिया नगरपालिका–५ स्थित जिल्ला समन्वय समिति नजिकको चोकमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ बिहीबार एक जनाको मृत्यु भएको हो ।
मिनि ट्रक धनि सम्पर्कमा नआएको चक्काजाम गरिएको परिवारजनले बताएका छन।
पुर्व देखि पश्चिमतर्फ जादै गरेको भे ११ प २६४७ नंम्बरको मोटरसाइकललाई दक्षिण देखि उत्तर सुहेलवातर्फ जादै गरेको भे १ ख २४११ नंम्बरको मिनी ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक र चालक नियन्त्रणमा छन् ।




