• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यातायात व्यवसायीको सिन्डिकेटले यात्रु मर्कामा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार १०:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हुम्ला, मंसिर १ गते / दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म जान पैदल यात्रुहरू मर्कामा पर्ने गरेको पाइएको छ । बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटको कारण यात्रु मर्कामा परेकाे भएको हो ।

    चङ्खेली गाउँपालिका– ४ को पिप्लाङबाट सुर्खेत पुग्नु भएकी सिता शाहीले सरीसल्लाबाट सुर्खेत पुग्न चार दिन लागेको बताउनुभयो । उहाँले बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको सिन्डिकेटको कारण यात्रामा हैरानी खेप्नु परेको बताउँदै यसले गर्दा एक दिनमा पुगिने सुर्खेत चार दिन लागेको बताउनुभयो । उहाँले सरीसल्लाबाट बाजुराको धुला चौरसम्म मात्र बोलेरो जिपमा यात्रा गर्न पाइने नियमले एक दिन धुलाचौर मै बस्नु पर्ने, धुलाचौरबाट बाजुरा कै पीलु पुगेर उत्रिनु पर्ने नियम रहेको बताउनुभयो । 

    तेस्रो दिन पीलुबाट कालिकोटको जितेबाट अर्को गाडी चढ्नु पर्ने बाध्यता रहेको गुनासो उहाँले गर्नुभयो । स्थानीय यातायात व्यवसायीहरूले आफ्नो क्षेत्रबाट आफ्नै जिपहरू चढ्नु पर्ने नियम बनाएबाट यात्रुहरूले हैरानी खेपी रहेको उहाँले बताउनुभयो । बोलेरो जिपहरूले कम्तीमा पनि दश जना यात्रु नपुगेसम्म गाडी सञ्चालन गर्न नमान्ने बताउँदै उहाँले यस्तो सिन्डिकेटलाई तोड्नु पर्ने उहाँको माग रहेको छ । दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि यातायात व्यवसायीको सिन्डिकेटको कारण यात्रुहरूमा झनै मर्कामा पर्नु भएको छ । 

    यी स्थानमा रहेका प्रहरी चौकीले पनि केही गर्न नसक्ने बताउँदै उहाँले देशभर यातायात व्यवसायीको सिन्डिकेट हटेको भए पनि कर्णाली करिडोरको कालिकोट र बाजुरा जिल्लामा हट्न नसकेको बताउनुभयो । यसले गर्दा यात्रुहरूलाई समय पनि बढी लाग्ने र आर्थिक व्ययभार पनि बढी नै हुने गरेको छ । 

    Post Views: 241
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार १०:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.