• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई मेडिकल सञ्चालक पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार २०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, कात्तिक ३० / कैलालीमा उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई मेडिकल सञ्चालक पक्राउ परेका छन‍्। बिहीबार गोदावरी नगरपालिका-५ गेटामा रहेको डिलासैनी क्लिनिक पुगेका सोही ठाउँका चार वर्षीय सम्राट ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले जानकारी दिए।

    ऐरलाई ज्वरो आएपछि मेडिकल क्लिनिकमा लगिएको थियो। ज्वरोले थला परेका उनलाई क्लिनिक सञ्चालक नविन धामीले सुईं लगाएलगत्तै मृत्यु भएको परिवारको दाबी छ। यस घटनापछि प्रहरीले सञ्चालकद्वय दिनेश धामी र नविन धामीलाई पक्राउ गरेको डिएसपी चन्दले बताए। सुईं लगाएपछि ऐर बेहोश भएका थिए। त्यसपछि सञ्चालक नविनले नै स्कुटरमा राखेर माया मेट्रो अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुर्‍याउनुअघि नै बालकको मृत्यु भइसकेको जनाइएको छ।

    घटनापछि दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै परिवारले विरोध गरिरहेका छन्। मृतक बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। परिवारले पोष्टमर्टम गर्न र शवलाई बुझ्न मानेका छैनन्। मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी चन्दले बताए।

    उनका अनुसार मृतक बालकको परिवार आफ्नो मागमा अडिग छ। परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्ति दिलाउने सहमति नभएसम्म शव नउठाउने अडान लिएको छ। साभार सेतोपाटी

    Post Views: 199
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार २०:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.