• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तराईमा छठको रौनक, सूर्य देवताको उपासना गरिदै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पर्सा, कात्तिक ३० गते / सूर्य उपासना अर्थात् सूर्यदेवको पूजा गरी तराईका जिल्लामा अत्यन्त निष्ठा र उत्साहका साथ मनाइने छठ पर्व विधिवत् रुपमा शुक्रबारदेखि सुरु हुँदैछ ।

    शुक्ल तृतीयाका दिन अरबा–अरबाइन विधिसँगै छठपर्व सुरु भए पनि विधिवत् रुपमा शुक्रबार साँझ सूर्यदेवको उपासना गरी नहाय–खाय पवित्र स्नान गरी शुद्ध खानेकुरा खाई शनिबार पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न हुन्छ ।

    छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा आइतबार निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई र सप्तमीका दिन सोमबार बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समाप्ति भएको मानिन्छ । सूर्य व्रत गर्दा उपासकको इच्छित माग पूर्ति गर्ने सूर्यदेवको उपासनाले सन्तान सुख र रोगब्याधि नलाग्ने जनविश्वास छ ।

    छठपर्व नदी पोखरी तथा जलाशय भएको ठाउँमा मनाइने भएकाले छठ पर्वका लागि स्थानीयवासी विभिन्न सङ्घ सस्था र क्लबहरुको सहकार्य र सहयोगमा नदी पोखरी र अन्य जलाशयलाई सफासुग्घर गरी झिलिमिली बनाउन बिजुलीबत्बाजाट सझाउने कामले तीव्रता लिएको छ ।

    बीरगन्जको तीन दर्जनभन्दा बढी जलाशयलाई आकर्षक बनाउने कामले तीव्रता पाए पनि सबैभन्दा बढी ब्रतालु आउने बीरगन्जको मुटु भनिएको घडिअर्वा पोखरी परिसर, स्वीमिंग पुल, सिर्सिया नदी, मुर्ली पोखरी परिसर, छपकैया नदी किनारलाई विशेष रुपको सजावट गरी झकिझकाउ बनाइएको छ ।

    छठ व्रत शुद्धताको प्रतीकको रुपमा रहेकाले छठ ब्रतमा प्रसादको रुपमा प्रयोग हुने ठेकुवा फलफूलमा केरा सुन्तला जमिरे, निम्बु, उखु, अदुवालगायतका अन्य फलफूल मिठाइ भाँडाको रुपमा प्रयोग हुने माटोबाट निर्मित कलश दियो ढकनी कोशी भर्न माटोको हात्ती बाँसबाट बनेको डगरा दौँरा सुपोलगायतका सामानहरु किनमेल गर्नेहरुको भीड स्थानीय बजारमा बढेको छ ।

    मनोरमा देवीका अनुसार गत वर्षको तुलनामा यस वर्ष सामानको मूल्य निकै बढे पनि ब्रतका लागि आवश्यक पर्ने सामान खरिद गर्न पैसाको जोहो गरेर भए पनि खरिद गरेको बताउनुभयो । छठ पर्वमा सबै सामान चोखो चाहिएकाले छठ ब्रत गर्ने महिला नयाँ कपडाको रुपमा साडी साया ब्लाउज लगाउने गरेकाले सक्नेले खरिद गरी नसक्नेलाई विभिन्न सङ्घ संस्था, ब्यक्ति तथा राजनीतिक कार्यकर्ताले वितरण गर्नेगरेका छन् ।

    यस वर्ष ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको सहकार्यमा रुङ्गटा वेलफेयर शोसाइटीले निःसहाय र विपन्न परिवारका सात सयभन्दा बढी छठका ब्रतालुलाई साडी र गहुँ वितरण गरेको छ । छठैतिन मघु सर्राफका अनुसार चुनावी वर्ष राजनीतिक दलका कार्यकर्ता नेता तथा विभिन्न सङ्घ संस्थाले साडी र अन्य खाद्यान्न सामग्री वितरण गर्ने गरेकोमा यस वर्ष त्यस्ता सहयोगी हातहरु नदेखिएको बताउनुभयो । साभार गोरखापत्र

    Post Views: 185
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.