• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विद्यालय जाँदा किताब बोक्न नपर्ने भएपछि विद्यार्थी खुसी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैँडाकोट, कात्तिक ३० घते / पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएपछि विद्यार्थी खुसी भएका छन् ।

    गैँडाकोट नगरपालिका–८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु नपर्ने र यो विद्यालयले अध्ययन अध्यापनका लागि फरक अभ्यास सुरु गरेको प्रधानाध्यापक प्रजानाथ कँडेलले बताउनुभयो ।

    अहिले हरेक विद्यार्थीले विद्यालय जाँदा सकिनसकि झोलाभरी पुस्तक, कपि, कलम, खाजा हालेर झोला बोकेको देखिन्छ । बालबालिकालाई भारी बोकाउन हुँदैन भनिए पनि बालबालिका गह्रङ्गो झोला बोकेर विद्यालय जान बाध्य हुनेगरेका छन् । त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको छ ।

    सुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको प्रधानाध्यापक कँडेलले बताउनुभयो । अहिले सो विद्यालयले विद्यालयको हरेक कक्षामा बुक कर्नर बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमसहितको पुस्तकहरू उपलब्ध गराउने गरेको सहायक प्रधानाध्यापक राजु पुरीले बताउनुभयो ।

    यो व्यवस्था गरेपछि अहिले विद्यार्थी झोलामा कपि, कलम मात्र बोकेर विद्यालय जानेगरेका छन् । खाजा विद्यालयमा नै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको कक्षा ७ मा अध्ययनरत छात्रा हरि सापकोटाले बताउनुभयो । कक्षा ३ का विद्यार्थी श्याम थापाले किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो विद्यालयले बुक कर्नर बनाएपछि किताब बोक्न नपर्ने बताउनुभयो ।

    शैक्षिकसत्र २०८० बाट विद्यालयले यस्तो सुविधा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको प्रधानाध्यापक कँडेलले बताउनुभयो । पहिले झोला गह्ङ्गो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउनेगरेका छन् उहाँको भनाइ छ ।

    बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक कँडेलको भनाइ छ । बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको र यो प्रभावकारी बन्दै जान थालेको छ । अरू विद्यालयले पनि सिको गर्न थालेको उहाँको भनाइ छ ।

    अब आगामी शैक्षिकसत्र यस विधिलाई थप परिमार्जन गरी अझै सहज बनाउने  प्रधानाध्यापक कँडेलले बताउनुभयो । कँडेलले अहिले विद्यार्थीको घरमा एक सेट पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न व्यवस्था रहेको बताउनुभयो ।

    विद्यार्थीलाई सहज ढङ्गबाट अध्ययन अध्यापनमा सरिक बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेको अभिभावक द्रा्र्ण बनले बताउनुभयो । विद्यार्थीले ठुला झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट राहत पाएको बनले बताउनुभयो ।

    कालिका नमुना माध्यमिक विद्यालयले ल्याएको किताब बोक्न नपर्ने अवधारणाले यहाँको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउने र यो अत्यन्त प्रभावकारी बन्ने गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । साभार गोरखापत्र

    Post Views: 243
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १५:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.