• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १५:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अछाम / मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका छन् ।

    उर्मिलाका माइती पक्षले बुधबार नै उनका श्रीमान्को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

    ‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिन्छ,’ उनले भने ,‘माइती पक्षले उनका श्रीमान् शेरबहादुर भण्डारीको नाममा किटानी जाहेरी दिएका छन् । उनका श्रीमान्ले मदिरा सेवन गरेको पनि देखिन्छ । अहिले हामी अनुसन्धानकै क्रममा छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्न सहज हुने उनले बताए ।

    मृतक उर्मिलाका भदा पुष्पकुमार विष्टले फुपू उर्मिलाको हत्या भएको दाबी गरे । यसअघि पनि पटक–पटक मदिरा सेवन गरेर कुटपिट गर्ने र यातना दिने गरेको उनले बताए । ‘यसअघि पनि धेरै पटक चरम यातना दिने गरेको थियो । पटकपटक हामीले अब त्यो घरमा नबस्नुस् माइतीमै बस्नुस्भन्दा पनि फुपूले मान्नु भएन,’ उनले भने,‘श्रीमान्ले जति यातना दिए पनि उहाले एकदमै माया गर्नु हुन्थ्यो, अहिले त्यसैको बदलामा मृत्यु पाउनु भयो ।’

    दोषीलाई उम्कन नदिनका लागि अनुसन्धान गर्ने निकाय र अन्य सरोकारवाला निकायलाई अनुरोध गरिरहेको उनले बताए । हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट रिटायर्ड भएका हुन् । साभार कान्तिपुर

    Post Views: 255
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १५:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.