• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हङकङसँग नेपालको लज्जास्पद प्रदर्शन, एक खेलअघि नै बाहिरियो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / हङकङमा जारी चार देश सम्मिलित टी–२० महिला क्रिकेट श्रृंखलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपाल आयोजक हङकङसँग ९ विकेटले पराजित भएको हो ।

    खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८ ओभरमात्रै क्रिजमा टिकेर ५६ रनमा अलआउट भयो । रुबिना क्षेत्रीले ३० बलमा २५ रन बनाए बाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । सीता राना मगरले ९ तथा रोमा थापाले अविजित ७ रन बनाएको इनिङ्समा तीन खेलाडीले रनकोसमेत खाता खोल्न सकेनन् ।

    इक्रा शहरले सर्वाधिक ३ विकेट लिइन् ।

    जवाफमा हङकङले ९ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो ।

    पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशको सम्भावना जिवितै राख्न हङकङलाई हराउनै पर्ने दबाब थियो ।

    तर लगातार दुई हार बेहोरेसँगै अन्तिम खेलमा जापानसँग खेल्नुअघि नै नेपाल बाहिरिएको छ ।

    लगातार दुई जितसहित हङकङ फाइनलमा पुगेको छ । पहिलो खेलमा हङकङले बुधबार जापानलाई हराउन सफल भएको थियो । तान्जानिया पनि फाइनलमा पुगेको छ । तान्जानियाले आज भएको खेलमा जापानमाथि १११ रनको फराकिलो जित हासिल गर्यो ।

    पहिले ब्याटिङ गरेको तान्जानियाले ९ विकेटको क्षतिमा १३९ रन बनाएकामा जापान २८ रनमै अलआउट भएको थियो ।

    नेपाली टोलीमा कप्तान इन्दू बर्मा, उपकप्तान बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

    नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

    नेपालले सान्त्वना जितका लागि लिग चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ । साभार हाम्राकुरा

    Post Views: 228
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १५:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.