• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सहमतिमा गणेश–लक्ष्मी मूर्ति विसर्जन रुट निर्धारण

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ३०, बिहीबार १४:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज, कात्तिक ३० गते / तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ ।

    नेपालगन्जको धार्मिक सदभावलाई कायम राख्दै मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायसँग छलफल गरेर विसर्जनको रुट निर्धारण गरिएको धार्मिक सद्भाव समिति बाँकेका अध्यक्ष दीपक लोधले बताउनुभयो ।

    उहाँले मूर्ति बिसर्जन कार्यलाई भव्य र सभ्य कसरी बनाउने तथा कुन कुन बाटो भएर जाने बारेमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादरर बिसीसँग छलफल भई रुट निर्धारण गरिएको बताउनुभयो ।

    वडा प्रहरी कार्यालय नेपालगन्जमा सम्पन्न भएको छलफलपछि गरिएको सहमतिअनुसार रानीतलाउ, त्रिभुवन चौक, त्रिबेणीमोड़, घरवारीटोल, धम्बोझी, सेतु बिक चोक, न्यूरोड, त्रिवेनिमोड़, वडा प्रहरी कार्यालय, फुल्टेक्रा हुँदै राप्तीघाटमा पुगेर मूर्ति विसर्जन गरिने छ ।

    निर्धारित गरिएको रुटबाटै मूर्ति विसर्जनका लागि जान सम्बन्धित सबै समितिलाई पत्राचार गरेर जानकारी गराइएको पनि सदभाव समितिका अध्यक्ष लोधले बताउनुभयो । मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले भव्य र सभ्य रुपमा सम्पन्न गर्न भएको बैठक र छलफलमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक हरिबहादुर विसि, धार्मिक सद्भाव समितिका अध्यक्ष दीपक लोध, सदस्यहरु राहुल कनौजिया, शिव मन्दिर रानीतलाउ नेपालगन्ज –८ का रामप्यारे वर्मा, रामजानकी मन्दिर नेपालगन्ज ७ का रिसबसिंह बाडियाको उपस्थिति रहेकोे थियो ।

    यसअघि दसैंको बेला पनि दुर्गा माताको मूर्ति विसर्जनका लागि सदभाव समिति र स्थानीय प्रहरी प्रशासनको सहयोगले विसर्जन कार्य भव्य रुपमा शान्तिपूर्वक सम्पन्न भएको थियो । साभार गोरखापत्र

    Post Views: 278
    प्रकाशित मिति: २०८० कार्तिक ३०, बिहीबार १४:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.