• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २८, मंगलवार २०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक २८ / उपराष्ट रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन्।

    तिहार पर्व (शुभ दीपावली), २०८० को पावन अवसरमा शुभकामना व्यक्त गर्दै ‘दीपावली हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्वपूर्ण पाटो हो, यस अवसरमा बालिने प्रकाशले हाम्रा सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्नु पनि हो’ उनले भनेका छन् ।

    यसले आफूभित्रको अँधारो पक्षलाई तिलाञ्जली दिँदै व्यक्तिलाई स्वच्छ र नैतिकवान बन्ने सन्देश पनि दिने उनको विश्वास छ । अत्यन्तै हर्षोल्लासका साथ मनाइने दीपावली नेपालको दोस्रो ठूलो महान पर्व हो । प्रकाशमय यो पर्वको आध्यात्मिक सन्देश भनेको अन्धकारमाथि प्रकाश शक्ति र अज्ञानतामाथि ज्ञान शक्तिको विजयलाई दर्शाउनु हो । यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ । यो पर्व अन्तर्गत धनतेरस, नरकचतुर्दशी, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवद्र्धन पूजा, म्हः पूजा र भाइटीका (भातृ द्वितीया) पर्दछन् ।

    यो पर्व मनाउने तयारी धेरै पहिलेदेखि घर, पसल र कार्यस्थल सफा सुग्घर गर्दै सुरु हुन्छ । धेरैले यो पर्वका अवसरमा आ–आफ्नो घरआंगन सजाउन रङ्गीचङगी फूल, रङ्गोली र झिलिमिली बत्तीको प्रयोग गर्छन् । कुकुर, काग, गाई, गोरुको पूजा गर्ने, लक्ष्मी पूजा गर्ने, देउसी भैलो खेल्ने, हुक्का लोली (हुक्कापात्ती) खेल्ने, हुर्राहुर्री खेल्ने र कुस्ती प्रतियोगिता गर्ने, दाजुभाई– दिदीबहिनीबीचको सम्बन्धलाई बलियो बनाउन भाइटीका (भातृ द्वितीया) मनाउने, मिठाइ बाँड्ने, एकअर्कालाई शुभ दीपावलीको शुभकामना आदानप्रदान गर्ने परम्परा परापूर्वकालदेखि रहिआएको छ ।

    उपराष्ट्रपति यादवले ‘विविधतामा एकता’ को सन्देश सञ्चार गर्ने हाम्रा चाडपर्वहरुको सारतत्व एवम् उद्देश्य समाज र देशमा सामाजिक एकता, धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नु नै हो पनि भनेका छन् ।रासस

    Post Views: 261
    प्रकाशित मिति: २०८० कार्तिक २८, मंगलवार २०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.