• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जलविद्युतमा काम गर्ने २१ मजदुरको ज्यान गयो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २७, सोमबार १५:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी, कात्तिक २७ गते / जलविद्युत उत्पादनका लागि पछिल्लो समय निकै महत्वपूर्ण देखिएको हिमाली जिल्ला म्याग्दीभित्र निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने २१ जना मजदुरको ज्यान गएको छ । 

    पछिल्लो तथ्याङ्कअनुसार २०७६ यता मात्रै २१ मजदुरले जलविद्युत् निर्माणको काम गर्ने क्रममा ज्यान गुमाएका हुन् । २०८० कात्तिक ४ गते रघुगङ्गा गाउँपालिका –७ गौडामुनीमा निर्माणाधीन टुण्डी हाइड्रोपावरद्वारा सञ्चालित मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम गरेर फर्कने क्रममा सुरुङभित्रै ढुङ्गा खसेर घाइते भएका मजदुरको ज्यान गएको थियो । 

    रामेछाप कन्स्ट्रक्सनमार्फत काम गर्न आएका मजदुर प्रकाश गोलेको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै, अर्का मजदुर विवेककुमार शाह पनि सख्त घाइते हुनुभएको थियो । २०८० कात्तिक १५ गते अन्नपूर्ण गाउँपालिका –४ नारच्याङको नीलगिरिखोला जलविद्युत् आयोजनाको अडिट नं. २ को आइएस.–१ को काम गरी फर्कने क्रममा लुम्बिनी प्रदेशको दाङ घर भएका ३७ वर्षीय डोणबहादुर बुढामगरको सुरुङमा चिप्लिएर लड्दा मृत्यु भयो । 

    जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा २१ मजदुरको मृत्यु भएको छ । घाइतहरुको तथ्याङ्क जलविद्युतहरुले खासै प्रहरीलाई उपलब्ध नगराउने हुँदा यकिन गर्न नसकिएको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्ष २०८०–८१ को सुरुका चार महिनाभित्रै २ वटा दुर्घटनामा दुई जनाको मृत्यु र एक जना घाइते भएका थिए ।  

    जलविद्युतमा भएको दुर्घटनामा मृत्युको तथ्य हेर्दा आर्थिक वर्ष २०७५–७६ मा २ जना, २०७६–७७ मा तीन, २०७७–७८ मा ३ जना, २०७८–७९ मा पाँच जना र २०७९–८० मा ६ जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङले बताउनुभयो । 

    आर्थिक वर्ष २०७५–७६ देखि २०८०–८१ को कात्तिक तेस्रो सातासम्म जलविद्युतरू आयोजनाहरुमा काम गर्ने २१ जना मजदुरले ज्यान गुमाएका छन् । प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको निलगिरीखोला जलविद्युत आयोजनामा १२ जनाले ज्यान गुमाएका छन् । 

    सेफ्टी र सेक्युरिटी फरक पाटो हो, सेक्युरिटि हामीले हेर्ने हो उहाँहरुले आफूले सेफ्टीको विषयमा उचित ध्यान दिएको खण्डमा यस्ता दुर्घटनाहरु कम हुन सक्छ, उहाँको भनाइ छ । सम्बन्धित जलविद्युतमा सेफ्टी हेर्ने डिपार्ट हुन्छ र त्यसले नै यसलाई उचित ध्यान दिएको खण्डमा मात्र यस्ता जोखिम र दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या कम हुने अनुमान गरिन्छ । 

    सेफ्टीमा कमजोरी भएको कारणले गर्दा मजदुरहरुले दुर्घटनामा परेर मृत्यु हुने गरेको नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालकी केन्द्रीय सचिव बलादेवी राईले बताउनुभयो । मजदुरहरुले पनि आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने सुरक्षा कवजहरु प्रयोग नगर्ने र सुरक्षाकवच बिनाका मजदुरहरुलाई काममा खटाउनु निर्माण कम्पनीको पनि कमजोरी रहेको उहाँको भनाइ छ । 

    त्यस्तै, रघुगंगा गाउँपालिकामा तुण्दी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मङ्गले राहुघाट जलविद्युत आयोजनामा पाँच, अन्नपूर्ण गाउँपालिकाको घारखोला जलविद्युत् आयोजनाका दुई, रघुगङ्गाको ठूलोखोला र राहुघाट जलविद्युत् आयोजनामा एक–एक जना मजदुरको ज्यान गएको प्रनाउ कुँवरले बताउनुभयो । साभार गोरखापत्र 

    Post Views: 234
    प्रकाशित मिति: २०८० कार्तिक २७, सोमबार १५:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.