• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

१७ वर्ष पछि नेपालका ७७ जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २६, आईतवार १६:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु, कार्तिक २५ गते / नेपालका ७७ जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएका छन् । काठमाण्डौ जिल्लालाई कार्तिक २३ गते डाइक्लोफेनेक मुक्त घोषणा भए सँगै देशका सबै जिल्ला मुक्त घोषणा भएका हुन । गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ साल देखि डाइक्लोफेनक उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएको १७ वर्षमा सबै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएको छ । सन २०१० मा दाङ जिल्ला पहिलो पटक डाइक्लोफेनेक मुक्त घोषणा भएको थियो ।

    सन २००२ देखी गिद्धको मृत्युको संख्या तीव्र गतिले बढ्दै गएको थियो । त्यो समयमा दक्षिण एसियामा गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेको गिद्ध संरक्षण विज्ञ कृष्ण प्रसाद भुसालले बताउनु भयो । संरक्षण अभियान सुरु भए पछि सन २०१२ पछि गिद्धको मृत्यु हुने दरमा कमी आएको थियो । नेपालमा २०४७ सालमा ५ लाख गिद्ध रहेको अनुमान गरिएको थियो । डाइक्लोफेनेकको कारण २०५८ सालमा ९१ प्रतिशत गिद्धको मृत्यु भएको थियो ।

    वैज्ञानिक अनुसन्धानबाट गिद्धको संख्या घट्नुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी ‘डाइक्लोफेनेक’ भएको पत्ता लागे पछि गिद्धको अस्वाभाविक मृत्युबाट जोगाउन सुरु भएको नेपाल पंन्छी संरक्षण संघ, काठमाण्डौंका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले बताउनु भयो । त्यस पछि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । संघले गिद्ध संरक्षणका लागि देश भर परियोजना सञ्चालन गर्दै आएको छ ।

    डाइक्लोफेनेक युक्त आहार खाएर गिद्धको मिर्गौला खराब भई मृत्यु हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानले बताउनु भयो । सरकारले गिद्ध संरक्षण कार्ययोजना २००९–२०१३ लागु गरी पहिलो पटक संरक्षणको सुरुवात गरिएको थियो । हाल संरक्षण कार्ययोजना २०२३–२०२७ जारी गरिएको छ । जसमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही क्षेत्रलाई गिद्धको सुरक्षित बास स्थानको रुपमा संकेत गरेको गिद्ध संरक्षणकर्मी भुपाल नेपालीले बताउनु भयो ।

    संसार भर २३ प्रजातिका गिद्ध पाइने गरेको छ । जस मध्ये १४ संकटको सूचिमा रहेको छ । नेपालमा ९ प्रजातिका गिद्ध पाइने गरेका छन् जस मध्ये ६ रैथाने रहेका छन् । विश्वमा लोप हुने खतरामा रहेको गिद्धका ५ प्रजाति नेपालमा पाइने गरेको गिद्ध संरक्षण कार्यक्रम ब्यवस्थापक अंकित विलाश जोशीले बताउनु भयो ।

    कार्यक्रममा केन्द्रीय पशुरोग अन्वेषण प्रयोग शाला त्रिपुरेश्वर, काठमाण्डौंका प्रमुख डा. बरुण शर्मा, औषधि ब्यवस्था विभागका बरिष्ठ औषधि प्रशासक श्री प्रमोद के.सी, राष्ट्रीय निकुञ तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ इकोलोजिष्ठ श्री श्याम कुमार साह, भेटेरिनरी एशोसियशनका अध्यक्ष श्री राम कुमार खतीवडा, डिभिजन वन कार्यालयका डा. आशुतोष भट्ट, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर डा. राम प्रकाश प्रधान, नेपाल पंन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापा, नेपाल भेटेरिनरी लाइभस्टक एशोसियशनका कोषाध्यक्ष श्री हरीलाल कंडेल, कृषि ज्ञान केन्द्रका श्री राम प्रसाद न्यूपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डा. चित्रा गरुङ्ग, डा.निशा तिमिल्सीना, डा. नितेश कार्की, प्राविधिकहरु, एग्रोभेट प्रोपोराईटर, नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपाली, गिद्ध संरक्षण कार्यक्रम ब्यवस्थापक श्री अंकित विलाश जोशी र सहायक अनुसन्धा अधिकृत श्री सन्तोष बजगाईको सक्रिय सहभागिता रहेको थियो । साभार नेपाल टिभीन्युज

    Post Views: 217
    प्रकाशित मिति: २०८० कार्तिक २६, आईतवार १६:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.