• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राति १० बजेसम्म देउसी भैलो खेल्न बर्दिया प्रशासनको अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २५, शनिबार ११:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक २५  / नेपालीहरुको महान् चाड शुभ दिपावलीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न जिल्लावासीलाई प्रशासनले अनुरोध गरेको छ । नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा र अनुशासन कायम गरि हर्षोल्लासकासाथ चाडपर्व मनाउन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बिहीबार सुचना जारी गरि जनाएका हुन् ।

    देउसी भैलोलगायत नाँचगान एवम् मनोरन्जनका कार्यक्रम गर्दा शान्तिपुर्ण, सुरक्षित र मर्यादित रुपमा गर्नसमेत जिल्लावासीलाई सुचनामार्फत अनुरोध गरिएको छ । चाडपर्व मनाउँदा कुनै पनि किसिमका पटाका, आतिशबाजी तथा प्रज्वलनशील विष्फोटक पदार्थको निकासी, पैठारी ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न जनाईएको छ ।

    यदि उक्त कार्यहरु गरे गराएको पाईएमा कानुन बमोजिम कारवाही हुने जारी सुचनामा उल्लेख छ । त्यसैगरि दिपावली बत्तिको पर्व भएकोले दियो, मैनबत्ति तथा विद्युतिय बत्तीहरुको प्रयोग गर्दा सानो लापरवाहीको कारणले आगलागी भई ठुलो क्षतिको जोखिम हुने भएकोले विषेश ध्यान दिनहुनसमेत सर्वसाधारणलाई प्रशासनले अनुरोध गरेको छ ।

    २०७९ साल साउन १२ गते राजपत्रमा प्रकाशित वन तथा वातावरण मन्त्रालयको सुचना बमोजिम नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पुर्ण रुपमा रोक लगाउने निर्णय भएकोले सोही अनुसार गर्न हुन जिल्लावासीलाई प्रशासनले आग्रह गरेको छ ।साभार फरकसमाचार

    Post Views: 251
    प्रकाशित मिति: २०८० कार्तिक २५, शनिबार ११:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.