• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २५, शनिबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कात्तिक २५ / श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ। बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो। भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघठन गरेको थियो।

    आईसीसीको त्रैमासिक बैठक विश्वकपको दौरान आगामी १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुने छ। त्यसअघि आईसिसीका अधिकारीहरूले अनलाइन बैठक गर्दै बोर्डलाई निलम्बन गरेका हुन्। आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्याधिक हस्तक्षेप गरेको भन्दै कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप स्विकार नहुने बताएको छ। विश्वकपमा श्रीलंका अन्तिम खेलमा न्यूजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो।

    १८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ। तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन। किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन्।

    यू-१९ विश्वकपको आयोजना खोस्न सक्ने

    एसएलसी निलम्बनपछि खेलाडीमा खासै असर नपर्ने भएपनि आईसीसीले श्रीलंका बोर्डको राजस्व रोक्न सक्ने सम्भावना रहेको छ। आगामी आईसीसी कार्यक्रमको आयोजना उनीहरुबाट खोस्न सक्ने जनाइएको छ। पुरुष यू-१९ विश्वकप अर्को वर्षको जनवरी-फेब्रुअरीमा श्रीलंकामा हुने भएको कार्यतालिका रहेको छ।

    श्रीलंकाको निराशाजनक प्रदर्शन पछि श्रीलंकाको खेलकुद मन्त्रालयले सोमबार, ६ नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गर्दै अन्तरीम बोर्ड गठन गरेको थियो। खेलकुद मन्त्री रोषन रणसिङ्घेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

    श्रीलंकाको अदालतले पनि बोर्ड विघटन गर्ने निर्णयलाई आगामी १४ दिनका लागि रोक लगाएको थियो। बोर्डमा सरकारको यो हस्तक्षेपपछि एसएलसीका अध्यक्ष शम्मी सिल्भाले आईसीसीसँग सहयोग मागेका थिए। आईसीसीले तत्कालै अनलाइन बैठक र बोर्ड सदस्यता निलम्बन गरेको छ। श्रीलंकन बोर्ड पछिल्लो ४ वर्षमा निलम्बन हुने दोस्रो बोर्ड बनेको छ। यसअघि सन् २०१९ मा जिम्बाब्वे क्रिकेट बोर्ड पनि सरकारको हस्तक्षेपपछि आईसिसीको निलम्बनमा परेको थियो।

    निलम्बनपछि जिम्बाब्वेका सबै क्रिकेट गतिविधिहरु रोकिएका छन् र उनीहरुको आर्थिक सहयोग पनि रोकिएको छ। तर परिस्थिति हेर्दा श्रीलंकाली क्रिकेटलाई लिएर त्यस्तो कडाई नहुने देखिन्छ। जिम्बावे क्रिकेट बोर्डको निलम्बन पनि ३ महिनापछि फुकुवा भएको थियो।साभार देश सञ्चार

    Post Views: 193
    प्रकाशित मिति: २०८० कार्तिक २५, शनिबार ११:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.