• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको ठाकुरबाबा बजारबाट १३ सय ४४ वटा प्लास्टिकका माला जफत

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २२:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, कात्तिक २४ गते / बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रका मुख्य बजारमा अनुगमन गर्दा १३ वटा पसलबाट एक हजार तीन सय ४४ वटा प्लास्टिकका फूलमाला जफत गरेको छ ।

    ठाकुरबाबाका मुख्य बजार भुरीगाउँ, ठाकुरद्वारा, बकुवाका १३ वटा पसलमा शुक्रवार दिउँसो अनुगमन गर्दा बिक्री गर्न राखिएका झन्डै ८० हजार रुपैयाँ बराबरका प्लास्टिकका माला जफत गरेकाे अनुगमन टाेलीका सदस्य ध्रुवराज बमले जानकारी दिनुभयाे ।

    प्लास्टिकका माला बिक्री नगर्न नगरपालिकाले सूचना निकाले पनि अटेरी गरेर बिक्री भइरहेकाे गुनासाे आएपछि नगरपालिकाकाे टाेली अनुगमनमा गएको हो । नगरपालिकाले गएकाे वर्षदेखि औपचारिक कार्यक्रममा खादा तथा ब्याच नलगाउने गरेकोमा यस वर्ष तिहार लक्षित प्लास्टिकका माला बिक्री नगर्न अनुरोधसहित सूचना निकालेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

    अनुगमनको पहिलो चरणमा शुक्रवार प्लास्टिकका माला मात्रै बरामद गरिएको र तिहारको भाइटीकाभन्दा एक/दुई दिनअघि फेरि पनि अनुगमन गर्ने र त्यति बेला पनि प्लास्टिकका माला बिक्री गरेकाे पाइए माला बरामदसँगै जरिबाना लिने अनुगमन समितिका संयोजक इन्द्रबहादर राजवंशीले बताउनुभयाे ।

    प्लास्टिकजन्य सामग्रीले वातावरणमा असर पुग्ने भएकाले प्लास्टिकका माला आफ्नो पालिकामा प्रतिबन्ध लगाइएको ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले बताउनुभयो । अघिल्लो वर्ष स्थानीय तथा फूल उत्पादनमा प्रेरित व्यवसायीले गुनासो गरेपछि अहिले आफैँले नीति तथा कार्यक्रम ल्याएरै यस वर्षदेखि प्लास्टिकका माला आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । अनुगमनमा सचेत गराइएका केही व्यापारीबाट माला जफत गरेको र यसलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

    प्लास्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र पैसा बाहिरिने तथा मानव जीवनमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको ठाकुरबाबाका मेयर तिलकराम लम्सालले बताउनुभयो ।

    प्लास्टिकजन्य फूलका माला बिक्रीमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने भएपछि फूल उत्पादन गर्ने किसानसँगै खुसी भएका छन् । पालिकाले पनि गाउँघरमै फुलेका फूलकाे माला प्रयाेग गर्न अनुराेध गरेकाे छ ।

    आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पालिकाले प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्दै लैजाने बताउँदै पालिकाअन्तर्गत रहेका सबै सरकारी तथा गैरसरकारी कार्यालय, उद्योगी, व्यवसायीसहित नगरवासीलाई चाडपर्वमा प्लास्टिकका माला प्रयाेग नगर्न सूचना प्रकाशित गरेको थियो ।

    नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी पालिकाले २०७९ साउनदेखि राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूलमाला, गुच्छाकाे उत्पादन, आयात, बिक्री वा भण्डार गर्न राेक लगाएकाे थियाे । याे निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ । साभार उज्यालो अनलाइन

    Post Views: 376
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २२:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.