बर्दिया,कात्तिक २४(माउण्टेनसमाचार) / गुलरियामा प्रहरीले चार बोरा पटाका बरामद गरेको छ । गुलरिया आसपास क्षेत्रबाट प्रहरीले प्रतिबन्धित पटाका बिहीबार बरामद गरेको हो ।

नगरपालिका–२ शिव चोक र वडा नंम्बर ४ तुलापुर चोक स्थितबाट प्रहरीले पटाका बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार चार बोरा मुल्य रु १ लाख ५० हजार बराबरको प्रतिबन्धित पटाका बरामद भएको छ ।
प्रहरीले प्रतिबन्धित पटाका बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




