• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कतारको भिसा नपठाइदिएको रिसमा मामाको छोराले बनाएका थिए हत्या योजना

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २१:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत,कार्तिक २४/ कार्तिक ८ मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न दुई जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भइ हाल बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरा छन् ।

    प्रहरीले शाहीलाई कार्तिक २० गते सुर्खेत, वीरेन्द्रनगरको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो भने बोहोरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । गोपालबहादुर कै मुख्य योजनामा कार्तिक ८ गते साँझ गोपाल र गोर्खबहादुरले मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सरा बोहराको हत्या गरे ।

    मृतक श्रीदेवी छोराछोरीसहित कार्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति उनीहरुको हत्या गरिएको थियो । यद्यपि प्रहरीले १० गते बिहानमात्रै घटनाबारे थाहा पायो । दुई दिनसम्म पनि यता–उता नगरेको र ताला नखोलिएको देखेपछि स्थानीयले घरमा लगाएको ताला तोडे । त्यसपछि भित्र चारै जनाको शव फेला परेको थियो ।

    धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटियो । उनका श्रीमान दीपक बोहोरा भने कतारमा थिए । लगत्तै जिल्लाबाट प्रहरी प्रमुख वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

    कार्तिक ११ मा प्रदेश प्रहरी कार्यालयको टोली मुगुमा खटियो । कतारमा रहेका दीपक पनि घटनापश्चात ११ गते घर फर्किए । तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दा एक हप्तासम्म पनि घटनाबारै कुनै ‘क्लु’ पत्ता लागेन । पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई घटनास्थलमा खटाइएको थियो । विभिन्न कोणबाट अनुसन्धान गरेको प्रहरीले अन्ततः हत्यारामा संलग्नहरु पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको छ । साभार रातोपाटीबाट

    Post Views: 233
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २१:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.