बर्दिया,कार्तिक २४/ बबई नदीमा डुबेर एक जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बबईमा डुबेर मृत्यु हुनेमा गुलरिया—१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी भएको भएको बताए ।

अन्सारी कसरी डुबे भन्ने प्रहरीले केही खुलाएको छैन । तर स्थानीयहरुले भने तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको दाबी स्थानीय समाजसेवी मनोज वर्माले दाबी गरे ।
गुलरिया नगरपालिका—१० स्थित लटकनियामा बिहीबार अपरान्ह साढे ४ बजे भारतको लौकाहीबाट दुई वटा मोटरसाइकलमा सादा पोशाकका भारतीय प्रहरी प्रवेश गरेपछि डरले भाग्ने क्रममा २४ वर्षीय साहिद अन्सारीको मृत्यु भएको उनले दाबी गरे ।
प्रहरीले बबईमा डुबेर मृत्यु भएको पुष्टि गरेपनि भारतीय प्रहरी आएको जानकारी नभएको जनाएको छ । ‘भारतीय प्रहरी नेपाल प्रवेश गरेको जानकारी छैन,’ डीएसपी अर्यालले भने, ‘नेपाल प्रवेश गरेका भारतीय प्रहरी हुन् वा अरु मानिस अनुसन्धान भइरहेको छ ।’साभार ईकान्तिपुर




