• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा लगातार तेस्रो पटक प्रथम

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक २४ / बर्दिया अस्पताल वार्षिक कार्य सम्पादनको आधारमा लुम्बिनी प्रदेशमा तेस्रो पटक प्रथम भएको छ । अस्पतालको वार्षिक कार्य सम्पादन मुल्यांकनको आधारमा बर्दिया अस्पताल तेस्रो पटक प्रथम भएको हो । न्युनतम सेवा मापदण्डको आधारमा जम्मा एक सय नंम्बरको मुल्याकंनमा बर्दिया अस्पतालले ७४.६१ नंम्बर प्राप्त गरि प्रथम भएको छ ।

    आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा बर्दिया अस्पताल तेस्रो पटक प्रथम हुन सफल भएको छ । यो जिल्लावासीको लागि सुखद रहेको छ । लुम्बिनी प्रदेशमा रहेका १३ वटा अस्पताल मध्ये कार्य सम्पादनको आधारमा लगातार पहिलो भईरहँदा चारैतिर बर्दिया अस्पतालको प्रशंसासमेत भईरहेको छ । दाङमा भएको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल पहिलो भएको घोषित भएको हो ।

    विगत चार वर्षमा वार्षिक कार्य सम्पादनको आधारमा गरिएको मुल्यांकनमा तीन पटक प्रथम र एक पटक दोस्रो भएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले बताए । ‘स्वास्थ्य निर्देशनालय र मन्त्रालयका प्रतिनिधिहरुले गरेको मुल्यांकनमा बर्दिया अस्पताल पुनःपहिलो भएको छ,’मेसु डा.पाण्डेले भने,‘अस्पतालले कतिको सेवा प्रर्वाह गरेको र कतिको सेवा दिन तयार रहेको मुल्यांकन गरिन्छ ।’अस्पतालको उपचार तयारी कस्तो छ, ओपीडी, भर्ना, अप्रेशन, सेवा वृद्धि, रिपोटिङ्ग, रिकोडिङ्ग, कर्मचारीको अनुशासनसमेतको आधारमा यो मुल्यांकन गरिएको छ ।

    आर्थिक वर्ष ०७६/०७७ मा पहिलो, आव ०७७/०७८ मा पहिलो, आव ०७८/०७९ मा दोस्रो र आव ०७९/०८० मा पुनःपहिलो भएको मेसु डा. पाण्डेले जनाए । अस्पतालको सम्पुर्ण टिमको मेहनत र सहयोगले बर्दिया अस्पताल प्रदेशमा पहिलो हुन सफल भएको जनाए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्धन पन्थी र निर्देशक डा.विनोद कुमार गिरीले प्रथम भएको बर्दिया अस्पतालका मेसु पाण्डेलाई प्रशंसा पत्रले सम्मानित गरेका थिए ।साभार फरकसमाचार

    Post Views: 731
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २०:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.