• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

म्याक्सवेलको दोहोरो शतकसामु चकनाचुर बन्यो अफगानिस्तानको सपना

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २२, बुधबार ०५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, / ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।

    अफगानिस्तानले यसअघि श्रीलंका, इङ्ल्यान्ड र पाकिस्तानजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । कुनै समय पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई पनि तनावमा राखेको टोली एक्लो म्याक्सवेलसामु नतमस्तक बन्यो । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्‍याए । अफगानिस्तानले म्याक्सवेललाई आउट गर्ने मौका नपाएको हैन तर उनको क्याच ड्रप भएको थियो । त्यसपछि भने म्याक्सवेलले अफगानिस्तानलाई कुनै अवसर दिएनन् ।

    घाइते भए पनि मैदानमा टिकेका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो भने कुनै पनि एकदिवसीय खेलमा अस्ट्रेलियाका लागि कुनै पनि खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । म्याक्सवेलले यसै विश्वकपमा विश्वकप इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका थिए ।

    म्याक्सवेललाई कप्तान प्याट कमिन्सले १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए । उनले यसका लागि ६८ बलको सामना गरे । यसअघि मिचेल मार्सले २४ तथा डेभिड वार्नरले १८ र मार्नस लाबुसेनले १४ रन बनाएका थिए । विश्वकपमा अस्ट्रेलियाले पछ्याएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

    अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन् । ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क बटुलेको छ । यता अस्ट्रेलियालाई हराएर सेमिफाइनलमा आफ्नो दाबेदारी सशक्त बनाउने अफगानिस्तानलाई भने ठुलो झट्का लागेको छ । ८ खेलपछि अफगानिस्तानको ८ अङ्क रहेको छ । नेट रन रेटको अनुसार टोली छैटौँ स्थानमा रहेको छ ।

    यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गर्ने प्रयास गरे र २५ बलमा २१ रन बनाएर आउट भए ।

    त्यसपछि अफगानिस्तानका ब्याट्सम्यानले एकपछि अर्को गर्दै आउँदै जाँदै गरे तर जादरान अर्को छेउबाट अडिग रहे । रहमत शाहले ४४ बलमा ३० रन, हसमतुल्लाह शाहिदीले ४३ बलमा २६ रन, अजमत उल्लाह उमरजाईले १८ बलमा २२ रन बनाए । राशिद खानले अन्तिम ओभरमा आक्रामक पाली खेले । खानले १८ बलमा ३५ रन बनाए । साभार रातोपाटी

    Post Views: 220
    प्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार ०५:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.