• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कैलालीमा अदालतबाटै चोरी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार २१:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, कात्तिक २१/कैलालीमा अदालतबाटै चोरी भएको छ। प्रहरी सुरक्षाको घेराभित्रै चोरी भएपछि घटनाले पनि चर्चा पाएको हो। आइतबार राति १० बजेर २३ मिनेटमा अदालतको दक्षिणतर्फको झ्यालबाट चोरले प्रवेश गरेको अदालतको सिसिटिभी फुटेजमा देखिएको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए।

    चोरी गर्ने अज्ञात एक जनाले करिब एक घण्टा कार्यालयभित्र बिताएको भिडिओमा देखिएको स्रेस्तेदार विष्टले बताए। कार्यालय भित्रका विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली समेत चोरी भएको स्रेस्तेदार विष्टले बताए।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाका विषयमा जानकारी प्राप्त भएकोले चोरी गर्नेको खोजी भइरहेको छ। चोरी भएका मोबाइलहरू भने फेला परे पनि अन्य वस्तु र चोरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदिप चन्दले जानकारी दिए।

    कैलाली जिल्ला अदालतमा ६ वटा सिसिटिभी क्यामरा भए पनि पाँच वटा क्यामरामात्रै सञ्चालनमा छन्। एउटा क्यामरा बिग्रिएको छ। चोरले क्यामरा र बत्ती नभएको ठाउँबाट भित्र प्रवेश गरेको देखिन्छ। कागजी मिसिल हुने हुनाले अदातलले के–के चोरी भयो भन्ने पूर्ण विवरण खुलाउन सकेको छैन। घटनापछि आइतबार अदालतमा नयाँ सुरक्षा टोली परिचालन गरिएको छ।साभार सेतोपाटी

    Post Views: 192
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार २१:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.