• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार २१:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक २१ /जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सकहरू र सरोकारवालाहरूलाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ। मंगलबार साँझ परिसरका प्रवक्‍ता एवं एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य उपचारको अत्यावश्यक सेवा सञ्चालन गर्न अपिल गरेका हुन्।

    शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको थियो। निमोनियाका बिरामी उनीहरूलाई एन्टिबायोटिक औषधि सुईमार्फत् दिएको पाँच मिनेटभित्रै दुबैको मृत्यु भएको भन्ने आफन्तको आरोप छ। उनीहरूको मृत्यु भएपछि आफन्तले पाटन अस्पतालका चिकित्सकहरूमाथि हातपात एवं अभद्र व्यवहार गरेका थिए।

    त्यसरी हातपात गरेको भन्दै चिकित्सकहरू आकस्मिकबाहेक सबै सेवाहरू ठप्प पार्दै आन्दोलनमा छन्। यस घटनाबारे सोमबार पाटन अस्पतालले पत्राचार गरेपछि प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको एसपी कार्कीले बताए।

    ‘यस परिसरबाट कानुनबमोजिम अनुसन्धान भइरहेको विषयमा अनुसन्धानमा सहयोग गर्दै जिम्मेवारीका साथ अत्यावश्यक सेवा सुचारू गर्न अस्पताल प्रशासन, चिकित्सकहरू र सम्बन्धित सरोकारवाला सबैमा जिल्ला प्रहरी परिसर ललितपुर हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।साभार सेतोपाटी

    Post Views: 167
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार २१:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.