• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हात्तीबाट खेतबाली सुरक्षाका लागि मौसमी विद्युतीय तारबार

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार २१:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कार्तिक २१/ जंगली हात्तीबाट खेतीबालीसँगै मानवबस्तीमा क्षति रोक्न मौसमी विद्युतीय तार जडान गरिएको छ । बर्दियाको मधुवन नगरपालिका-२ रजवरामा विद्युतीय तार जडान भएपछि यस क्षेत्रमा जंगली हात्तीबाट हुने बालीनाली क्षति न्यूनिकरण भएको छ ।

    बाँसको पोल, पीभीसी पाइपको इन्सुलेटर र जीआई तार प्रयोग गरी तारबार निर्माणमा स्थानीय किसानलाई तालिम दिइएको बडघर हाउ थारुले बताए । गत साउन महिनामा जडान गरिएको विद्युतीय तार जडान भएका कारण यस वर्ष हात्तीले क्षति नपुर्‍याएको उनले बताए । करिब ५ कीमी मध्यवर्तीक्षेत्रको वन सिमानामा तारबार लगाइएको छ ।

    यहाँको ७५ बिघा क्षेत्रफलमा हुने धान, गहुँ लगायतका बाली वन्यजन्तुबाट क्षति पुर्‍याउँदा निकै प्रताडित स्थानीयवासी विद्युतीय तारबार प्रभावकारी बन्दै गएको मधुवन-२ कि कल्पना दर्लामीले बताइन् । ठूलो संख्यामा ओहोरदोहोर गर्ने जंगली हात्तीबाट जैविकमार्ग आसपासका बासिन्दा प्रभावित भएका छन्,’ उनले भनिन्, ‘यहाँ विद्युतीय तारजाली नहुँदा हात्ती खेतबारीमा पस्नसाथ ठूलो क्षति पुर्‍याउँदै आएको थियो ।’

    धेरै हात्ती भएको श्रीलंका, म्यानमार जस्ता मुलुकमा मौसमी विद्युतीय तारबार लगाउने गरिएको छ । यो निकै प्रभावकारी भएकोले नेपालमा पनि पहिलो पटक परीक्षण गरिएको हात्ती सम्बन्धी जानकार एंव बर्दिया निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

    मधुवन नपा, डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, खाता जैविक समन्वय समिति र उज्यालो नेपालको सहकार्यमा क्याम्पास फिल्मस फ्रान्स मार्फत यूएस फिस एण्ड वाइलाइफ सर्भिसको आर्थिक सहयोगमा मधुवन-२ रजवारामा मौसमी विद्युतीय तारबार लगाइएको हो । यो प्रविधी सस्तो, सजिलो र प्रभावकारी भएकोले खेतीको समयमा सानो समूहमा किसान मिलेर विद्युतीय तारबार जडान गर्ने र खेती पाकेपछि झिकेर पुनः अर्को खेतमा प्रयोग गर्न सकिने स्थानीय बडघर वीरबहादुर थारुले बताए ।साभार ईकान्तिपुरबाट

    Post Views: 186
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार २१:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.