• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल र यमनबिचको विश्वकप छनोट खेलको तयारीमा जुट्यो एन्फा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार १२:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक २१ गते / नेपाली राष्ट्रिय टोलीले आगामी विश्वकप फुटबल प्रतियोगिताका लागि मङ्सिरको पहिलो साता एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दैछ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि समेत यो दोस्रो चरणको छनोट खेल हो ।

    दोस्रो चरणको पहिलो लेग खेलमा नेपालले मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यमनको सामना गर्नेछ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । त्यसपछि नेपालले यमनको घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।

    यमन विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा निकै अगाडि रहेको छ । वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा आसिन छन् । यमनविरुद्धको खेलका लागि २६ सदस्यीय नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ।

    नेपाली टोलीलाई मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले प्रशिक्षण दिइरहेका छन् । घरेलु मैदानमा हुने यमनविरुद्धको खेलका लागि आवश्यक तयारी अगाडि बढाइसकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    एन्फाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार, दोस्रो चरणको खेलका लागि कमर्सियल र मिडिया राइट सिंगापुरस्थित स्पोर्ट फाइभलाई प्रदान गरिएको छ । यमनविरुद्धको खेलका लागि टिकटको मूल्य पनि निर्धारण गरिएको छ ।

    एन्का अनुसार, नेपाल र यमनबिचको खेलका लागि साधारण प्यारापिटतर्फ टिकटको मूल्य चार सय रुपैयाँ निर्धारण गरिएको छ । भीआईपी प्यारापिटतर्फको टिकट मूल्य भने एक हजार रुपैयाँ कायम गरिएको एन्फाले जनाएको छ ।

    उक्त खेलको टिकट एन्फा आफैले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ । उक्त खेलको टिकट खेल हुने दिन बिहानदेखि दशरथ रङ्गशाला परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । यमनको राष्ट्रिय टोलीलाई अभ्यासलाई च्यासल रङ्गशालामा व्यवस्था मिलाइएको पनि एन्फाले जनाएको छ ।

    उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि एन्फाले दिएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, नेपाल र यमनबिचको खेलको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको छ । साभार रातोपाटी

    Post Views: 212
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार १२:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.