• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तीन चार्टर उडानमार्फत भित्रिए दुई सय २५ भियतनामी पर्यटक

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौंबाट भियतनाममा गरिएको सीधा चार्टर उडानमार्फत दुई सय २५ भियतनामी पर्यटक नेपाल भित्रिएका छन् । ट्राभल कम्पनी रुप्से होलिडेजले हिमालय एयरलाइन्सको एयरबस–३२० जहाज चार्टर गरेर २१, २५ र २९ अक्टोबरमा भियतनामको हानोइमा सीधा उडान गरेको थियो । सोही एयरलाइन्समार्फत तीन सय २८ नेपालीले भियतनाम भ्रमण गरेका छन् ।

    नेपाल र भियतनामबीच पहिलोपटक यति धेरै संख्यामा पर्यटक आदान–प्रदान भएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । ‘कुनै पनि ट्राभल एजेन्सीले एकैपटक तीन–तीनवटा जहाज चार्टर गरेर भियतनामका लागि उडान गरेको पहिलोपटक हो,’ उनले भने, ‘भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको यो सफल परीक्षण पनि थियो ।’ तीन घन्टाको सीधा उडान रहेको भियतनाम–नेपाल हवाई यात्राले नयाँ पर्यटकीय गन्तव्यमा आकर्षण देखिएको छ । नयाँ वर्ष सुरु भएपछि २०२४ जनवरी ५ र जनवरी १० मा थप दुई चार्टर उडान गर्ने पराजुलीले बताए । जनवरीमा नेपालीले ९९ हजार नौ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउनेछन् । यसमा दुईतर्फ हवाई टिकट, पाँच रात होटेल र हलोङ्ग बेमा डे क्रुजसहितको टुर प्याकेज रहेको उनको भनाइ छ ।

    अक्टोबरमा भएको उडानमा नेपालीले प्रतिव्यक्ति एक लाख २० हजार खर्चिएर भियतनामको पाँचदिने भ्रमण गरेका हुन् । यस्तै, भियतनामबाट आएका पर्यटकले काठमाडौं, लुम्बिनी र सौराहा घुमफिर गरे । चार्टर उडानमार्फत भियतनाम घुम्न पुगेकी ‘आई एम द वल्र्ड ट्राभलर’का रूपमा चिनिएकी न्हेन्सु गौतमले भनिन्, ‘चार्टर उडानबाट भियतनाम घुम्नुको मज्जा बेग्लै रह्यो, हरेक ठाउँमा आफूलाई भिआइपी भएको महसुस भयो । यदि यो उडान नहुँदो हो त भियतनाम घुम्न जान पैसा पनि धेरै लाग्ने र झन्झट पनि धेरै हुने थियो । यो टुर मैले अपेक्षा गरेभन्दा राम्रो भयो ।’

    आर्थिक रूपमा यी चार्टर उडानहरू खासै मुनाफायोग्य नरहे पनि देशको पर्यटन विकासका लागि जोखिम उठाएको रुप्सेका प्रबन्ध निर्देशक पराजुलीले बताए । उनले भने, ‘१५ प्रतिशतभन्दा बढी बुद्ध धर्मावलम्बीहरू रहेको देशमा हामीले बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने सन्देश प्रवाह गर्दै धार्मिक पर्यटक वृद्धि गर्ने योजना बुनेका छौँ ।’ साभार नयापत्रिका

    Post Views: 275
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार ०७:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.