• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोहलपुर गोल्डकप : फाइनलमा आर्मी र चर्च ब्वाइज भिड्ने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार २१:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज, कात्तिक २० गते / कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी फुटबल क्लबले सिन्धुलीको दूधौली स्पोर्टस क्लबलाई ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।

    तेह्र बिघा खेल मैदानमा सोमबार खेलमा दूधौलीले अग्रता बनाएको थियो । अजयकुमार श्रीवास्तवले २९ औं मिनेटमा गोल गरेर दूधौलीलाई अगाडि बढाए ।

    आर्मीका टंक बस्नेतले ३४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि टंकले ६१ औं मिनेटमा अर्को गोल थपेका थिए । आर्मीकै मानबहादुर आलेमगरले ७३ औं र मदन लिम्बूले ८३ औं मिनेटमा १–१ गोल गरेका थिए ।

    खेलमा आर्मीका मानबहादुर नै म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई कोहलपुर–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

    बुधबार आर्मी र चर्च ब्वाइजबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    आयोजक रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले फाइनलमा प्यारापिटतर्फ १ सय र मैदानतर्फ ५० रुपैयाँ टिकटदर रहेको जानकारी गराए । साभार कान्तिपुर

    Post Views: 229
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार २१:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.