• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भुकम्प पिडितलाई गुलरिया नगरपालिकाले रु १० लाखको खाद्य सामाग्री दिने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार २१:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कार्तिक २०(माउण्टेनसमाचार) / जाजरकोटका भुकम्प पिडितलाई गुलरिया नगरपालिकाले रु १० लाख बराबरको खाद्य सामाग्री दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले भुकम्प पिडितलाई रु १० लाख बराबरको खाद्य सामाग्री दिने निर्णय गरेको हो । गुलरिया नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने गरि रु १० लाख बराबरको खाद्य सामाग्री भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरिएको छ ।

    गत शुक्रबार राति जारकोटमा गएको शक्तिशाली भुकम्पले ठुलो धनजनको क्षति पु¥याएको छ । भुकम्प पिडितहरुको तत्कालको आवश्यकतालाई मध्यनजर गरि कार्यपालिकाले खाद्य सामाग्री दिने निर्णय गरेको गुलरिया नगरपालिकाका प्रवक्ता शुधांशु प्रकाश शर्माले बताए । भुकम्प प्रभावित क्षेत्रका सम्बन्धित निकायसंग समन्वय गरि आवश्यक खाद्य सामाग्री उपलब्ध गराउने प्रवक्ता शर्माले जनाए ।

    त्यसैगरी गुलरिया नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले गुलरिया नगरपालिका–८ मा रहेको पशु हाट बजारको न्यूनतम रु १० लाख राखी पटक पटक सूचना प्रकाशन गरेपनि सूचनाको म्यादमा कुनै पनि दरभाउपत्र पेश नभई ठेक्का वन्दोवस्तीबाट सो हाटबजार ठेक्कामा लगाउन नसकिएको जनाएको छ ।

    नगरपालिकाले कार्यालयबाटै कार्मचारी खटाई हाटबजार शुल्क असुली गरिएकोमा श्रावण देखि कार्यालयबाट असुल गरिएको प्रति हाटबजारको अनुपात रकमलाई आधार मानी अर्को ठेक्का वन्दोवस्त नहुँदा सम्मका लागी गुलरिय नगरपालिका– ६ का सुन्दर विष्टले प्रति हाट बजार १२ हजार ७ सय बुझाउने गरि पटके कर असुली गर्न दिने निर्णय समेत कार्यपालिकाले गरेको नगर प्रवक्ता शर्माले जानकारी दिए ।

    Post Views: 671
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार २१:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.