• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एयर इन्डियाको विमानमा आक्रमण गर्ने धम्की 

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक २० गते / प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे) का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् ।

    उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न आग्रह गरिरहेका छाँै, नोभेम्बर १९ देखि विश्वव्यापी नाकाबन्दी हुनेछ, एयर इन्डियालाई उडान गर्ने अनुमति दिइने छैन, सिखहरू नोभेम्बर १९ पछि एयर इन्डियाबाट यात्रा नगर्नुहोस्, तपाईँहरूको जीवन खतरामा पर्न सक्छ”, सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा पन्नुनले भनेका छन् ।

    नोभेम्बर १९ मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आइजिआई) विमानस्थल बन्द रहने र यसको नाम परिवर्तन गरिने पन्नुनले दाबी गरेका छन् । उनले सोही दिन क्रिकेट विश्व कपको फाइनल खेल हुने बताएका छन् ।

    “नोभेम्बरमा यो त्यही दिन हो जुन दिन वर्ल्ड टेरर कपको फाइनल खेल हुनेछ”, उनले भनेका छन्, “जब पञ्जाब स्वतन्त्र हुन्छ त्यसपछि यो विमानस्थलको नाम सहिद बेअन्त सिंह, सहिद सतवन्त सिंह खालिस्तान विमानस्थल हुनेछ ।”

    एसएफजे प्रमुख पन्नुनले धम्की दिएको यो पहिलो पटक होइन । सेप्टेम्बरमा उनले खालिस्तान आतङ्कवादी हरदीप सिंह निज्जरको हत्यामा भारत र क्यानाडाबीच कूटनीतिक विवादका बीच हिन्दू-क्यानाडाली मानिसहरूलाई क्यानाडा छोड्न आग्रह गरेका थिए ।

    उनले सामाजिक सञ्जालमा प्रसारित एक भिडियोमा खालिस्तान समर्थक सिखहरूले क्यानाडाप्रति निरन्तर वफादारी देखाएको बताएका छन् । त्यसपछि उनले भारत-क्यानाडाली हिन्दूहरूलाई क्यानाडा छाड्न धम्की दिएका छन् ।

    उनको घृणित भाषण फैलिएपछि हिन्दू फोरम क्यानाडाका वकिलहरूले क्यानाडाली आप्रवासन मन्त्रीसँग क्यानाडाली क्षेत्रमा पन्नुनको प्रवेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

    उनीहरूले आप्रवासनमन्त्री मार्क मिलरलाई पत्र लेख्दै पन्नुनको हालैको टिप्पणीहरूले हिन्दू समुदायभित्र मात्र नभएर ठूलो मात्रामा क्यानाडाली नागरिकहरूबीच सङ्कट र आघात पुगेको बताएका छन् । साभार हाम्राकुरा

    Post Views: 187
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार ०८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.