• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

निकुञ्जभित्र वनपथ,जनताको चाहना जनपथ

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० कार्तिक २०, सोमबार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया राष्ट्रिय निकुञ्ज संसारकै मानव जातिका लागि दुर्लभ प्राकृतिक सम्पदाको रुपमा मानिन्छ । बन्यजन्तुको सुन्दर एवम् सुरक्षित आवास, दुर्लभ वनस्पतिको संरक्षण स्थल, कर्णाली नदीको मनोहर छटा, चुरे पर्वतका हरिया थुम्काहरु, ठाकुरद्वारा मन्दिरको पवित्र सुवास, कोठियाघाट र चिसापानीका नमूना पुलहरु, भारतीय निकुञ्जसम्म जोडने अन्तर्राष्ट्रिय जैविकमार्ग शिव सामुदायिक बनजस्ता मनोरम प्राकृतिक र मानव निर्मित सम्पदाहरुले बर्दिया जिल्लालाई गौरवान्वित बनाएका छन् । यी सम्पदाहरुको केन्द्रबिन्दुको रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाबासीहरुको महत्वपूर्ण सम्पत्ति हो ।

    यति हुदाहुँदै पनि बडो दुखका साथ भन्नू पर्ने हुन्छ, निकुञ्जसँग बहुसंख्यक स्थानीय नागरिकको अपनत्वको भाव छैन । निकुञ्जको पश्चिमी किनारास्थित गोला गाउँमा मेरो बाल्यकाल बितेको हो । राष्ट्रिय निकुञ्ज आफ्नो आँगनमा रहेको कारण कुनै खुसीको अनुभूति गर्न पाएको क्षणको सम्झना अहिलेसम्म मेरो मानस्पटमा रहेको छैन । निकुञ्जको संरक्षणमा नागरिकको ठूलै खुसीहरु खोसिएका छन् । कति जीवनहरु मृत्युको मुखमा परेका छन्, परिरहेका छन् । जनजीविका असुरक्षित छ, जीवन असुरक्षित छ । सीमित मान्छेहरुले स्वर्गको अनुभूति गरे पनि बहुसंख्यक नागरिकहरु निकुञ्ज नजिक भएर खुसी छैनन् । यस्तो भन्नू पर्दा मलाई दुःख लाग्छ तर यो जीवित सत्य हो । बर्दियामात्र हैन यसको सीमा क्षेत्रका सुर्खेती जनताको अनुभूति पनि समानस्तरकै छ ।

    नागरिकका पीडा अनेक छन् तर पनि संरक्षणका लागि नागरिक प्रतिबद्ध छन् । नागरिकले संरक्षणका लागि जति योगदान गरेका छन्, निकुञ्जले त्यसको मूल्यबोध गर्न विलम्ब गर्नु मानवीय कर्म होइन । बर्दिया राष्ट्रिय निकुञ्ज आरक्ष हुँदै अहिलेको स्थितिमा विकास भएको हो । स्थापना कालमा शाही बर्दिया राष्ट्रिय बन्यजन्तु आरक्ष नागरिकप्रति निर्मम थियो । निरंकुश शासनको कालो छाँया आरक्षमा प्रष्ट अनुभूति हुन्थ्यो । संरक्षण जीवनका लागि हो, नागरिकको जीवन र सुरक्षाको दायित्व राज्यको सर्वोपरि कर्तव्य हो भन्ने कुरालाई त्यतिबेला सर्वथा उपेक्षा गरिएको थियो । अहिले मुलुकमा जनताको शासन छ । तुलनात्मक रूपमा अहिलेको निकुञ्ज नागरिकमैत्री छ तर अपेक्षित मात्रामा छैन । निकुञ्जले नागरिक हितको प्रर्बद्धन गरेमा प्रकारान्तरमा निकुञ्ज पनि संरक्षित हुन्छ । यसका लागि निकुञ्जलाई नागरिकमैत्री बनाउन राज्यले अग्रसरता लिनु पर्छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जका कारण बर्दिया जिल्ला पहाड र हिमाल जोड्ने सिधा यातायात सम्पर्कबाट बिच्छिन्न छ । यसले गर्दा नागरिक आवागमनका प्राकृतिक बाटाहरु अवरुद्ध भएका छन् जसले एकातिर नागरिकको दैनिक जनजीवन प्रभावित भएको छ भने अर्कातिर बर्दियाको समृद्धिको बाटो समेत रोकिएको छ । त्यसैले बर्दियाबासीहरु र कर्णाली क्षेत्रका नागरिकहरु भूरिगाउँ तेलपानी सुर्खेत बाटो अविलम्ब बनोस् भन्ने चाहान्छन । जनताले परापूर्व कालदेखि प्रयोग गरेको यो बाटो खोल्ने दिशामा निकुञ्ज सहयोगी बनोस् भन्ने जन अपेक्षा रहेको छ । यतिबेला निकुञ्जले आफ्नो प्रयोजनका लागि आमबासादेखि तेलपानी नजिकसम्म बनपथ बनाउने योजना अगाडि बढाएको छ । यही कात्तिक १७ गते बनमन्त्रीले सो बनपथको शिलान्यास गर्नुभयो । बनपथ जनताका लागि उपयोगी बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न अनुत्तरित नै छ ।

    कार्यक्रममा सङ्घीय प्रतिनिधि सभाका सदस्य माननीय हृदयराम थानी, लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सिना, माननीय अम्विका काफ्ले र ठाकुर बाबा नगरपालिकाका प्रमुख तिलक लम्साल लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रह्यो । जनप्रतिनिधिहरु यो बाटोलाई जनपथ बनाउने प्रतिबद्धता व्यक्त गर्दै हुनुहुन्थ्यो । निकुञ्ज प्रशासन यसमा सहमत हुनसक्छ कि सक्तैन ? ऐन कानुनहरु कतिको सहयोगी वा बाधक बन्छन् ? कि यो राजनीतिका लागि एउटा नारा मात्र हो ? नागरिकका मनमा प्रश्नहरु छन् । यो चाहिँ निश्चित हो, यदि यो बनपथलाई जनपथ बनाउन सकियो भने जनता र निकुञ्ज दुबै लाभान्वित हुनेछन्, जनता निकुञ्जप्रति अत्यन्तै सकारात्मक हुनेछन् र यसको अगुवाइ गर्नेहरू यो क्षेत्रमा सदावहार सम्मानित व्यक्तित्व बन्ने छन् ।

    Post Views: 355
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार ०७:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.