• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेसले ९८ सांसदको १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १९, आईतवार २१:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक १९/नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितहरूलाई दिने भएको छ। सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको संसदीय दल बैठकले संघीय सांसदहरूको आधा महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो।

    ‘भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने।

    प्रतिनिधि सभामा कांग्रेसका ८८ जना र राष्ट्रिय सभामा १० जना सांसद छन्। सांसदको तलब ५५ हजार दुई सय ३० रुपैयाँ छ। ९८ जना कांग्रेस सांसदको आधा महिनाको पारिश्रमिक २७ लाख रुपैयाँ हुन आउँछ। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले यसअघि ५० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरिसकेको थियो।सेतोपाटीबाट साभार

    Post Views: 193
    प्रकाशित मिति: २०८० कार्तिक १९, आईतवार २१:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.