• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डेथ बलर अविनाशको सुपर ओभरका बलमा ‘भेरियसन’ नहुँदा चुक्यो नेपाल

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १९, आईतवार २१:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक १९/पर ओभरमा नेपाल ओमानसँग पराजित भएपछि नेपाल आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधि जित्न असफल भएको छ। निर्धारीत २० ओभरमा दुवै टोलीले १८४/ १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो। सुपर ओभरमा नेपाल बलिङ र ब्याटिङ दुवैमा चुकेपछि उपाधि जित्न असफल भएको हो।सुपर ओभरमा ओमानले पहिला ब्याटिङ गर्दै कुनै विकेट नगुमाई २१ रन बनायो। जवाफमा नेपाले १ विकेटको नोक्सानीमा जम्मा १० रन मात्र बनाउन सक्यो र उपाधि चुम्नबाट वञ्चित भयो।

    टि२० मा सुपर ओभर खेलको नेपालले यो पहिलो पटक हो । टि२० को स्पेशलिष्टको रुपमा चिनिएका बलर अविनाश बोहराले बलिङमा भेरियसन दिन नसक्दा एउटै खाले बल फालेर  तीन छक्का खाँदा नेपालले हार्न पुगेको हो । नेपालले आजको खेलमा विशेष गरेर पहिलो र अन्तिम पावर प्लेमा राम्रो गर्न नसक्दा पनि १८४ रन बनाएर पनि खेल जित्न नसकेको हो।

    पहिलो पावर प्लेमा पाँच ओभरमा ५४ रन खानु र पछिल्लो पाँच ओभरमा ४८ रन गरी जम्मा १०२ रन खानुले पनि नेपाल जित्न असफल भएको हो । मिडल ओभरमा राम्रो खेले पनि विकेट लिन नसक्दा ओमानले पावर प्लेमा रन चुड्दा नेपाल दबाबमा परेको हो। ६ देखि १५ ओभरको बिचको १० ओभरमा नेपाले ८२ रन दिएर एक विकेट मात्र लिन सक्यो। यदि नेपालले मिडल ओभरमा विकेट लिन सकेको भए खेल नेपालको पक्षमा हुने थियो। १६ औ ओभरमा अविनाश बोहराले ९ रन दिएर एक विकेट लिए पनि १७ ओभरमा करण केसीले ३  चौका र १ छक्कासंगै  १८ खाएर १ विकेट लिए पनि नेपालको पक्षमा खेल आएन।

    १८औ ओभरमा  अविनाश बोहराले दुर्ई ४ चौकासंगै १२ रन खर्चदा नेपाल फेरी दवाबमा आयो ।  नेपालले खेल जित्न अन्तिम ओभरमा ८ रनलाई रोक्नु पर्ने भयो। अन्तिम ओभरमा सन्दीप लामिछानेले  २ क्याच आउट र एक रन आउट गरेर तीन विकेट लिँदै खेल बराबरीमा ल्याए  र हार्न बाट जोगाए पनि सुपर ओभरमा नेपाल चुक्दा उपाधि ओमानलाई सुम्पनु परेको हो। पहिलो पावर प्ले र मिडल ओभरमा गरी ५ विकेट लिन सकेको भए आज नेपालले खेल जित्ने आधार हुने थियो।पहिलो पावर प्लेमा ५४ रन खर्चेर जम्मा १ विकेट मात्र लिन सक्यो। खास गरी नेपालले सुपर ओभरमा धेरै खेल नखेलेको भएकाले पनि अनुभवको कारण आज ओमानसँग हार्न पुगेको हो।

    उपाधि जित्न नसके पनि अर्को वर्ष अमेरिका र वेष्टइण्डीजमा हुने आइसिसी टि२० विश्वकपमा छनौट हुनु नेपालको लागि सुखद समाचार हो । भारतीय प्रशिक्षक मोन्टी देसाईले टोली सम्हालेपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाउनु र एसियाकप र एसियन गेममा भारत पाकिस्तान र वेष्टइण्डीज जस्ता टोलीसँग उत्कृष्ट प्रदर्शन गर्नु नेपाली क्रिकेटको सबल पक्ष मान्नु पर्दछ।साभार नागरिकन्युजबाट

    Post Views: 215
    प्रकाशित मिति: २०८० कार्तिक १९, आईतवार २१:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.