• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल सुपर ओभरमा निराश

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १९, आईतवार १५:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक १९ गते । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।

    टस जितेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । ओमानले जवाफमा नौ विकेटको क्षतिमा १८४ रननै बनायो । त्यसपछि च्याम्पियनको छिनोफानो गर्न सुपर ओभर गरिएको हो ।

    डेथ बलिङ विशेषज्ञ अविनाश बोहराले फालेको सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो । नेपालले जवाफमा कुशल भुर्तेललाई गुमाएर १० रन मात्र बनाउनसक्यो । ओमानका बलर विलाल खान सुपर ओभरमा नायक बन्नुभयो ।

    नेपाल आज फाइनलमा ओमानलाई हराएर बदला लिने दाउमा थियो । यसै प्रतियोगिताको समूह चरणमा नेपाल पाँच रनले ओमानसँग स्तब्ध भएको थियो । यद्यपि फाइनलमा हारेपनि नेपालका लागि पनि यो प्रतियोगिता उपलब्धिपूर्ण रह्यो । यस प्रतियोगिताको फाइनलमा पुगेर नेपाल र ओमान सन् २०२४ मा हुने टि२० विश्वकपमा चयन भएका थिए । विश्वकप टि२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले सन् २०१४ पछि टि२० विश्वकप खेल्दैछ ।

    गुलसन र रोहितको अर्ध

    नेपालका कप्तान रोहित पौडेलले विशाल स्कोर बनाएर ओमानमाथि फाइनलमा लक्ष्य पछ्याउने थप दबाब दिन पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको थियो । स्वयम् रोहित र १८ वर्षीय युवा अलराउन्डर गुलसन झाको विस्फोटक अर्धशतकीय पालिको सहयोगमा नेपालले ओमानलाई कठिन लक्ष्य पनि दियो ।

    यद्यपि सुरुको १० ओभरमा नेपालले कमजोर ब्याटिङ गरेको थियो । नेपालले १० ओभरमा ६० रन बन्दा चार विकेट गुमाइसकेको थियो । तर पाँचौं विकेटको साझेदारीमा रोहितले गुलसनसँग मिलेर ७८ रन जोडेर नेपालको पालि उकास्नुभयो । विशेषत गुलशनले क्रिजमा आउनासाथ लगातार चौका र छक्काको वर्षात् गरेर ओमानको बलिङलाई धराशायी पार्नुभयो ।

    गुलसनले मात्र २५ बलमा सर्वाधिक ५४ रन बनाउनुभयो । उहाँको पालिमा पाँच चौका र चार छक्का सामेल थियो । गुलसनले लगातार आफूलाई ‘बिग म्याच प्लेयर’ सावित गर्दै आउनुभएको छ । करिब तीन महिनाअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको आइसीसी विश्व क्रिकेट लिग २को अन्तिम खेलमा गुलसनकै महत्त्वपूर्ण अर्धशतकीय पालिले नेपाल जित हासिल गरेर विश्वकप छनोटमा स्वतः पुग्न योग्य बनेको थियो ।

    गुलसन आउट भएपछि तेज गतिमा रन बनाउने जिम्मेवारी रोहितले लिनुभयो । रोहित ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रनमा अविजित रहनुभयो । नेपालको पालि सकिँदा करण केसी पनि छ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाएर कप्तान रोहितसँग क्रिजमा हुनुहुन्थ्यो । टि२० अन्तर्राष्ट्रियमा रोहितको यो पाँचौँ तथा गुलसनको पहिलो अर्धशतक हो ।

    यसअघि, प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख छ रनमा विलाल खानको बलिङमा कश्यप प्रजापतिद्वारा क्याच आउट हुनुभयो । आसिफको अर्धशतकीय पालिले नेपाल दुई दिनअघि युएइलाई हराएर फाइनलमा स्थान बनाएर टि२० विश्वकपमा खेल्न योग्य बनेको थियो । तर आसिफको ब्याट्बाट फाइनलमा रन बनेन । १८ रनमा जीवनदान पाएका अर्का प्रारमिभक ब्याट्समयान कुशल भुर्तेलले त्यसको फाइदा भने उठाउन सक्नुभएन ।

    यद्यपि उहाँले २२ बलमा तीन चौका र दुई छक्कासहित ३१ रनको उपयोगी पालि खेल्नुभयो । प्रशिक्षक मोन्टी देसाइको सन्दीप जोरालाई ‘वन डाउन’ ब्याट्सम्यानको रुपमा गरेको प्रयोग सफल भएन । ओमानका कप्तान जिसन मक्सुदले आफ्नो स्पेलको पहिलो बलमा नै जोरालाई १० रनमा बोल्ड गर्नुभयो । अर्को ओभरमा अकिब इलियसाले आप्mनो पहिलो बलमा भुर्तेलको विकेट लिनुभएको हो । कुशल मल्ल र विवेक यादव पनि चाँडै आउट हुनुभयो । मल्ल तीन रनमा तथा विवेक एक रनमा आउट हुनुभयो ।

    समूह चरणको अन्तिम खेलमा विवेकले ओमानका प्रमुख बलर विलालले फालेको अन्तिम ओभरमा तीन छक्का प्रहार गरेर सनसनी मच्चाउनुभएको थियो । विलालले आज आफ्नै बलिङमा आफैले क्याच गरी विवेकलाई आउट गरी बदला लिनुभयो । बिलालले चार ओभरमा मात्र २६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

    ओमानको जवाफ

    ओमानले लक्ष्य पछ्याउने क्रममा विस्फोटक सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान प्रतीक अथावाले सात रनमा सोमपालको बलिङमा एलबीडब्ल्यूको धरापमा पर्नुभयो । तर अर्का प्रारम्भिक ब्याट्सम्यान कश्यप प्रजापतिले ५२ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६३ रन बनाएर ओमानलाई खेलमा कायम गरिराख्नुभयो ।

    ओमानका लागि अकिब इलियास (१९ बलमा ३३ रन), कप्नतान जिसन मक्सुन (१८ बलमा २६ रन) र मोहम्मद नदिम (९ बलमा अविजित २४ रन) ले पनि उल्लेखनीय पालि खेल्नुभयो । निकै उतारचढावपूर्ण ओमानको पालिमा पाहुना टिमओमानलाई च्याम्पियन बन्न अन्तिम ओभरमा सन्दीप लामिछानेको बलिङमा आठ रन बनाउनुपर्ने समीकरण बनेको थियो । तर सन्दीपले अन्तिम ओभरमा मात्र सात रन दिएर एक रनआउटसहित तीन विकेट लिनुभयो र खेल ‘टाइ’ भयो । त्यसपछि सुपर ओभर खेलिएको हो ।

    ओमानको पालिमा सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल, गुलस्न, अविनाश र विवेकले एक–एक विकेट लिनुभयो ।

    Post Views: 262
    प्रकाशित मिति: २०८० कार्तिक १९, आईतवार १५:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.