• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उद्घाटन खेलमा आयोजक मधुवन नपा २-० ले विजयी

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १९, आईतवार १३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिकाको आयोजनामा भएको प्रथम मधुवन बर्दिया जिल्ला अन्तरपालिका स्तरीय मेयरकप पुरुष तथा महिला फुटबल प्रतियोगिताको पुरुष तर्फ आयोजक मधुवन नगरपालिका विजय भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका विच भएको पहिलो खेलमा मधुवन नगरपालिकाले शुन्यका विरुद्ध २ गोल गरी विजयी भएको छ ।

     

    आठै पालिकाका १५ वटा समूह सहभागी रहेको खेलमा पुरुषतर्फ ८ समूह तथा महिला तर्फ ७ समूह छन् । एक महिला समूह गुलरिया नगरपालिकाले सहभागी नजनाउने आयोजकले जानकारी दिएको छ । महिला तथा पुरुष फुटबल प्रतियोगिताको फाईनल कार्तिक २५ गते शनिबार हुनेछ । प्रतियोगितामा पुरुष प्रथम हुने पालिकाले १ लाख ११ हजार १ सय रुपैया सहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने छ्न भने दोस्रो हुने पालिकाले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, प्रमाणपत्र र मेडल पाउने छ । महिला फुटबल प्रतियोगितामा प्रथम हुने पालिकाले ७७ हजार ७ सय ७७ रुपैया, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ्न भने दोस्रो हुने पालिकाले ३३ हजार ३ सय ३३ रुपैया, ट्रफी, प्रमाणपत्र र मेडल (कर कट्टी) गरी पाउने आयोजकले जानकारी दिएको छ ।

    खेलको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश संसद तथा लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, विशिष्ट अतिथि पुर्व लुम्बिनी प्रदेश संसद कुल प्रसाद पोख्रेल, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी लगायत राजनैतिक दलहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि तिमिल्सिनाले फुटबल चौरलाई ब्यवस्थित कबर्ड हल बनाउन आगामी बर्षको बजेट हाल्ने प्रतिबद्धता गर्नुभएको छ । समाजलाई समृद्धिशाली र अनुशासित बनाउनका खेलको महत्वपूर्ण भुमिका रहेकाले खेल जगतमा युवाहरूलाई सहभागी गराउन सक्यो भने कुलतमा लागेका युवाहरूलाई खेलकुदको माध्यमबाट सभ्य नागरिक जन्माउन सकिने विस्वास ब्यक्त गर्नुभयो । मधुवन नगर खेलकुद विकास समिति संयोजक तिलक बहादुर मल्लको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । साभार चुरेकुञ्ज

    Post Views: 225
    प्रकाशित मिति: २०८० कार्तिक १९, आईतवार १३:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.