• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालमा गएका केही भूकम्प

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १९, आईतवार ०६:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    – विसं १३१० मा गएको भूकम्पले थुप्रै देवालय र घर भत्किए, भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गयो ।

    – विसं १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो ।

    – विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए ।

    – विसं १७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए ।

    – विसं १८६६ को भूकम्पले पशुपतिनाथको देवललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाइदियो ।

    -विसं १८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा धरहरा पाताल बन्यो । पाटन बालकुमारीको मन्दिरबाट २१ दिनपछि मूर्ति झिकिएको थियो । दरबार, मठमन्दिर थुप्रै भत्किए । त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ ।

    – विसं १९९०को भूकम्प ८.३ रेक्टर स्केलको थियो । त्यसमा आठ हजार ५३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७१३ जना घाइते भएका थिए । त्यसबेला उपत्यकामा १२ हजार ३९६ घर, पहाडमा ६४ हजार ७४२ घर र तराईमा तीन हजार ७५४ घर पूर्ण क्षति भएका थिए । त्यस्तै उपत्यकामा २५ हजार ६५८ घर, पहाडमा ७३ हजार २५३ घर र तराईमा पाँच हजार ६१० घर आंशिक क्षति भएका थिए ।

    – विसं २०३७ साउन १४ गते आएको भूकम्प ६.५ रेक्टर स्केलको थियो । बझाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरलाई क्षति तुल्याएको थियो ।

    – विसं २०४५ भदौ ५ गतेको ६.९ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो । यो भूकम्पमा परी ७२१ जनाको मृत्यु भएको थियो भने छ हजार २१३ जना घाइते भएका थिए । त्यसबेला १४ हजार ९६४ घर पूर्ण क्षति, ३३ हजार ९५९ घर चिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४९६ घर आंशिक क्षति भएका थिए ।

    – विसं २०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठुलै क्षति गरेको थियो । त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो । ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साढे छ हजार घर पूर्ण क्षति भएका थिए । १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भए ।

    – विसं २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण आठ हजार ९७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३०२ जना घाइते भएका थिए । सोही वर्षको वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केलको, वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा आठ लाख ६६ हजार २०७ निजी घर पूर्ण क्षति भएका र ४७ हजार ८२७ घर आंशिक क्षति भएका थिए ।

    – विसं २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो । १३५ घर क्षतिग्रस्त भएका थिए ।

    – विसं २०६५ मङ्सिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७९ साल साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, सोही वर्षको कात्तिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    (प्रस्तुति प्रकृति अधिकारी, स्रोतः गोरखापत्र, २०७२ साल जेठको मधुपर्क मासिक, २०७२ सालको भूकम्प नामक पुस्तक र खानी तथा भूगर्भ विभाग)

    Post Views: 208
    प्रकाशित मिति: २०८० कार्तिक १९, आईतवार ०६:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.