काठमाडौँ, कात्तिक १९ गते / टी-२० विश्वकप छनौटको एशिया क्षेत्रको फाइनलमा आज नेपाल र ओमानबीच भिडन्त हुदै छ ।

टियु क्रिकेट मैदानमा यो खेल विहान ११ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको अन्तिम खेलमा भिडेका नेपाल र ओमान फाइनलमा फेरी आमने सामने हुदैछन् । समुह चरणको खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो ।
अब फाइनलमा एशिया क्षेत्रको छनौटको विजेता हुन नेपाल र ओमान भिड्दै छन् । फाइनलमा पुगेसँगै नेपाल र ओमान अर्को बर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी- २० विश्वकपका लागि छनौट भइसकेका छन् । त्यसैले पनि दुवै देश बिना दबाब यो फाइनल खेल्ने छन् ।
नेपाल र ओमानबीच अहिलेसम्म ५ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले २ खेल जितेको छ ।
घरेलु मैदानमा हुने फाइनलमा नेपालले पुरा शक्ति लगाएर खेल्ने छ नेपालको लक्षु समुह चरणको हारको बदलासमेत लिदै उपाधि जित्ने लक्ष्मा हुने छ ।
युएईविरुद्धको सेमिफाइनलमा टिममा सामेल भएका दिपेन्द्रसिंह ऐरी यस खेलमा खेल्ने बारे आशंका रहेको छ । पूर्णरुपमा फिट नभएपनि दिपेन्द्रलाई टिममा समावेश गरेर युएईमाथि दबाब बनाएको थियो । तर अब नेपाल विश्वकपमा छनौट भएको अवस्थामा दिपेन्द्रलाई यस खेलमा आराम दिनु सहि निर्णय हुने छ ।
नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, ललित राजबंशी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा ।




