• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको भुरिगाउँ–तेलपानी वनपथ शिलान्यास

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १८, शनिबार २०:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक १८(माउण्टेनसमाचार) / बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने भुरिगाउँ–तेलपानी ढाँडबास वनपथको वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोले शिलान्यास गर्नुभएको छ । निकुञ्जको टोलीलाई गस्ती गर्नसँगै सुर्खेतको तेलपानी क्षेत्रका स्थानीय बासिन्दालाई आउजाउमा सहज हुने अपेक्षा गरिएको छ । वन तथा वातावरण मन्त्री महतोले पूर्वपश्चिम राजमार्गमा पर्ने आम्बासा चेक पोष्ट नजिक भुरिगाउँ, तेलपानी, ढाँडबास वनपथको शिलान्यास गर्नु भएको हो ।

    वन वन्यजन्तु र प्रकृतिको संरक्षण गर्नका लागि निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका लागि वनपथ आवश्यक रहेको र सुर्खेतको तेलपानी क्षेत्रका बासिन्दालाई आउजाउ गर्न सहजताका लागि पनि वनपथ खुलाइएको बताउनुभयो । मन्त्री महतोले भुरीगाउँ तेलपानी र ढाडबास वनपथले यस क्षेत्रका जनताको आशा, अपेक्षालाई तीन महिना भित्र सुरु गरि देखाएर पुरा गर्ने बताउनुभयो ।

    उहाँले बर्दियाको भुरिगाउँ हुँदै सुर्खेतको तेलपानीसम्म वनपथ निर्माण भैसकेपछि ठाकुरबाबा नगरपालिका मात्र नभइ लुम्बिनी प्रदेशकै विकास र समृद्धि हुने बताउनुभयो । सवैकुरा सरकारमाथी भर नपर्नुपर्ने अवस्था रहेको बताउनु भयो । केन्द्र सरकारले १० लाख बजेट छुटुएको, अन्य माननियले १० लाख, प्रदेश सरकार बाट १० लाख र नगरपालिकाले १० लाख लगाए कार्य सम्पन्न हुने मन्त्रि महतोले बताउनु भयो ।

    मन्त्रि महतोले निकुञ्जलाई पनि समय र परिस्थती अनुसार सोंच परिवर्तन गर्नुपर्ने बताउनु भयो । निकुञ्ज आसपास जान नपाउने, केही बनाउन नपाइने लगायतको भ्रम हटाउनु पर्ने बताउँदै त्यसलाई अपनत्व कसरी गर्न सकिने त्यस तर्फ सोच्नुपर्ने अवस्था आएको बताउनु भयो । आरक्षको नियम कानुन देखाएर मात्र होइन स्थानियलाई निकुञ्ज मार्फत हुने फाइदाको बारेमा विचार गर्नुपर्ने समय आएको जोड दिनु भयो । व्यवस्थीत र बैज्ञानिक तबरबाट समृद्धि ल्याउन सकिने तर्फ लाग्नुपर्ने बताउनु भएको छ ।

    भुरिगाउँदेखि तेलपानीसम्म २० किलोमिटर र कर्णाली प्रदेशसम्म बर्दियालाई जोड्ने सडकको लम्बाइ ५२ किलोमिटर रहेको छ । सुर्खेतबाट कोहलपुर हुँदै बर्दिया पुग्न करिब १ सय ३५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । कर्णालीका नागरिकले विगत २०२५ साल झण्डै ५५ वर्ष अघिदेखि नुनदेखि लत्ता कपडा लिन आउने, औषधी उपचार गर्न आउँदा पहिले पनि अहिले पनि डोकोमा बोकेर ल्याईने सबैभन्दा छोटो प्रमुख मार्ग थियो, स्थानीय बासीन्दा होस् वा भित्र रहेका पोष्टका सेना हुन् अहिले पनि बिरामी पर्दा डोकोमा बोकेर ल्याइन्छ नगर प्रमुख लम्सालले भन्नुभयो ।

    कार्यक्रममा सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानी, लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीना, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, प्रदेश सभा सदस्य राजकुमार चौधरी, जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सुर्खेत बराहताल गाउँपालिकाका अध्यक्ष लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायत संरक्षणकर्मीहरूको सहभागिता रहेको थियो ।

    Post Views: 271
    प्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार २०:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.