• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सेनाले भन्यो- उद्धार तथा स्वास्थ्यकर्मीको चार टोली प्रभावित क्षेत्र पुग्यो, थप टोली स्ट्यान्डबाइ

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १८, शनिबार ११:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कात्तिक १८/ जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पलगत्तै नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

    जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ । रिचालित फौजले घाइतेहरुको उद्धार गरी अस्पताल पठाइरहेको छ भने मृतकहरुको शव समेत निकालिरहेको जनाएको छ ।

    काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामाग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको जानकारी दिएको छ ।

    सेनाका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धारका लागि हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रकमार्फत चौरजहारीमै काठमाडौंबाट थप १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडामा ३ जना र हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा अरु २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएका छन् । ‘परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ,’ सेनले भनेको छ ।साभार अनलाइनखबरबाट

    Post Views: 177
    प्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार ११:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.