• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जाजरकोट र रुकुममा २५ जनाको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १८, शनिबार ०५:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुकुम, कात्तिक १८ गते / गय रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।

    यसैगरी, भूकम्पको कारण घर भत्किँदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु भएको छ ।

    जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किँदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्यापक रतिभान बिकले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्ये माईली छोरीको भने जीवितै उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन भने बाँकी रहेको छ । 

    शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    भूकम्पले आठविसकोट नगरपालिका वडा नम्वर १२ मा र सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा पनि मानवीय क्षति भएको छ । क्षतिको एकिन विवरण भने प्राप्त हुन बाँकी रहेको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनु भयो । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । साभार गोरखापत्र अनलाइन

    Post Views: 244
    प्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार ०५:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.