• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खेल्ने मात्रै होइन विश्वकपमा जित्ने पनि छौं : सोमपाल

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १७, शुक्रबार १९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कात्तिक १७ / नेपाली क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले आफूहरु टी–२० विश्वकप खेल्ने मात्र नभई केही खेल जित्ने पनि बताएका छन् । यूएईलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि पत्रकारसित सोमपालले भने, ‘क्रिकेट खेल्दाको सपना थियो । नेपाललाई राम्रो ठाउँमा प्रतिनिधित्व गर्ने विश्वकप गइरहेको छु । खुसी लागिरहेको छ । हामी खेल्न मात्रै होइन जित्न पनि गइरहेका छौं ।’

    आउँदो जुनमा अमेरिका र वेष्ट इण्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकपमा २० टिम सहभागी हुने छन् । जहाँ एउटा समूहमा ५ टिम रहन्छन् । समूहमा एसोसियट र टेष्ट मान्यता टिम पनि रहने छन् । विश्वकपमा छनोट भएको क्षणलाई शब्दमा बयान गर्न नसकिने भन्दै सोमपालले भने, ‘एकदमै खुसी लागिरहेको छ । २०२३ ले धेरै कुराहरु दियो । त्यसकारण पनि लक्की फिल गरिरहेको छु ।’

    टिममा साथीहरुसँग जसरी पनि विश्वकप खेल्नु पर्छ भन्ने कुरा हुने गरेको उनले सुनाए । ‘करण, म र अभिनाश रुममा पनि जसरी पनि हामीले टी–२० विश्वकप खेल्नु पर्छ भन्ने कुरा गथ्र्यौँ,’ सोमपालले भने, ‘त्यो पाउँदा हामी एकदमै खुसी छौं ।’ सन् २०१४ मा पहिलो पल्ट टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि फेरि विश्वकपमा छनोट भएको हो । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको टिममा सोमपाल पनि थिए । उनले आफूले त्यो बेला भन्दा अहिले बढी इन्जोय गरेको बताए ।

    ‘पछिल्लो पटक क्वालिफाइको मोमेन्ट मैंले इन्जोय गर्न पाएको थिइनँ । तर यो पाली फुल इन्जोय गरें,’ सोमपालले भने, ‘त्यति बेला सानो थिएँ । दाइहरुको अघि खुल्न मिल्दैनथ्यो । भाइहरुको अघि त खुल्न मिल्यो नि ।’साभार अनलाइनखबरबाट

    Post Views: 222
    प्रकाशित मिति: २०८० कार्तिक १७, शुक्रबार १९:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.