• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप क्रिकेटःभारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हरायो

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १६, बिहीबार २१:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,कात्तिक १६ / आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हराएको छ। भारतले दिएको ३५८ रन पछ्याउने क्रममा श्रीलंका १९ दशमलब ४ ओभरमा ५५ रन बनाउँदा अलआउट हुँदै ३०२  रनको विशाल अन्तरले हारेको हो।  श्रीलंकालाई जम्मा ५५  रनमा सिमित राख्न भारतका बलरहरु मोहम्मद शमीले पाँच विकेट, मोहम्मद सिराजले तीन विकेट  तथा जसप्रीत बुमराहले एक विकेट लिए।

    श्रीलंकाका पाँच जना ब्याटर खाता नै नखोली आउट भए।दुई जनाले एक एक रन बनाए । एंजलो मैथ्यूजले १२ रन जोडे । कसुन रजिताले १४ रन बनाए।श्रीलंकाले अतिरीक्त स्वरुप नै २० रन पाएको थियो। यो हारसंगै श्रीलंका विश्वकपको उपाधि दौडबाट लगभग बाहिरीएको छ।आयोजक भारतले भने जारी विश्वकपमा अपराजित यात्रा कायमै राखेको छ।भारत ७ खेलमा ७ नै जित सहित १४ अंकका साथ तालिकाको अग्रस्थानमा उक्लीएको छ भने श्रीलंका ७ खेलमा २ खेल जितेर ४ अंकका साथ तालिकाको सातौ नम्बरमा यथावत रहेको छ।

    यस अघि भारतको मुंबईमा भएको  खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिला व्याटिङ गर्ने निम्तो दिएपछि घरेलु टोलीले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाउँदै ३५७ रन बनाएपछि श्रीलंकाले खेल जित्न ३५८ रन बनाउनु पर्ने भएको हो।

    पहिलो ओभरको दोस्रो बलमा भारतका कप्तान रोहित शर्मा आउट भएपछि भारत दवाबमा रहेको थियो । पछि  विराट कोहली र शुभमन गिलले उत्कृष्ट खेल्दै सम्मान जनक स्कोर बनाउन मद्धत गरे । शुभमन गिलले ९२ बलमा ११ चौका र  २ छक्कासहित  ९२ रन बनाए ।विराट कोहलीले  ९४ बलमा ११ चौकासंगै ८८ रन बनाए । के एल राहुलले १९ बलमा २ चौकासंगै २१ रनको योगदान दिए ।

    सूर्यकुमार यादवले ९ बलमा २ चौकासंगै १२ रन बनाए । श्रेयस अय्यर ५६ बलमा ३ चौका र ६ छक्का ठोक्दै  ८२ रन बनाएर आउट भए । मोहम्मद शमी ४ बलमा २ रन बनाएर आउट भए ।रवींद्र जाडेजा २४ बलमा १ चौका र १ छक्का ठोक्दै  ३५ रन बनाएर आउट भए। श्रीलंका लागिदिलशान मदुशंकाले १०ओभरमा ८० रन खर्चेर ५ विकेट लिए। दुश्मांता चमीराले  १० ओभरमा  २ मेडन ओभर सहित ७१  रन खर्चेर १ विकेट लिए।अन्य बलरहरु कसुन रजिता,जलो मैथ्यूज, महीश थीक्षणा र शान हेमंता कसैले विकेट लिन सकेनन।साभार नागरिकन्युजबाट

    Post Views: 207
    प्रकाशित मिति: २०८० कार्तिक १६, बिहीबार २१:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.