• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खेतीयोग्य जमिन बाँझो हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १५, बुधबार ०९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाल्पा, कात्तिक१५ गते / पछिल्ला वर्षमा पाल्पा जिल्लाको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको छ । खेती गर्ने जनशक्तिको अभाव र बसाइँसराइले विभिन्न स्थानको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको हो । केही वर्षअघिसम्म मकै, गहुँ, धान तथा अन्य गेडागुडी उत्पादन हुने जग्गा बाँझो हुने क्रम बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । विगत १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा खेती हुने जमिनको क्षेत्रफलसमेत घटेको ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष चौधरीले बताउनुभयो । 

    बढ्दो बसाइँसराइ, खेतीयोग्य जग्गामा घडेरी बन्नु, कृषिमा ज्यामीको अभाव हुनु जस्ता कारणले खेतीयोग्य जग्गा बाँझो हुने क्रम बढेको उहाँले बताउनुभयो । कृषि गणना–२०७८ अनुसार पाल्पामा हाल २८ हजार ९५२ हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन रहेको छ । सोमध्ये ६३ प्रतिशत भूभागमा मात्र खेती भएको छ । बाँकी ३७ प्रतिशत भूभाग अहिले पनि बाँझो रहेको ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो १० वर्षको अवधिमा १८ प्रतिशत कृषियोग्य भूभाग बाँझो बनेको छ ।

    पहिला खेती हुने भूभाग बिस्तारै वनजङ्गलमा परिणत हुँदै गएको छ । युवा जनशक्ति पलायनका कारण ज्यामी अभाव र बसाइँसराइले कृषियोग्य जग्गा बाँझो जमिनमा परिणत भएको कृषि प्राविधिक बताउँछन् । पहिले जस्तो निर्वाहमुखी कृषि गर्ने प्रचलन हराउँदै गएको छ भने व्यावसायिक कृषि प्रणाली दिगो हुन नसकेको अधिकारीले बताउनुभयो । बजारमा कृषिजन्य उपजको मूल्यमा आएको उतारचढावले किसानलाई कृषि कार्यमा टिकिरहन समस्या भएकाले बाँझिने जग्गाको क्षेत्रफल बढ्दै गएको हो । त्यति मात्र होइन तीव्र बसाइँसराइले पाल्पाको खेतीयोग्य भूभाग घडेरीमा परिणत भएका छन् । जिल्लाको रामपुर फाँट, माडी फाँट, अर्गली फाँट, झडेवा, प्रभास, पूर्वखोला फाँट घडेरीमा परिणत हुने क्रम बढेको छ ।

    पहिले डाँडामा बस्ने बस्ती फाँट र समथर भूभागमा बस्ने प्रचलन बढेको छ । समथर भूभागमा बस्ती बढेपछि त्यहाँको खेतीयोग्य जमिनको क्षेत्रफल घटेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । सबै मानिस सुविधाभोगी हुँदा समथर भूभागलाई घडेरी बनाउने र घर बनाउने प्रचलन बढेको उहाँले बताउनुभयो । डाँडाको बस्ती बसाइँ सर्ने क्रम अझै केही वर्षसम्म रहने र गाउँ उजाड बन्ने आकलन उहाँले बताउनुभयो ।

    Post Views: 183
    प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार ०९:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.