• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अमेरिकी सैन्य सहायता सम्बन्धी कंग्रेसको सुनुवाइमा पर्यवेक्षकले उठाए ‘रगतले पोतिएका हात’

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १५, बुधबार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हात रातो रङले ढाकेका प्रदर्शनकारीहरूले अमेरिकी सैन्य सहायतासम्बन्धी कंग्रेसको सुनुवाइमा मङ्गलबार पटक–पटक अवरोध पुर्‍याएका छन् ।

    यसअघि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले इजरेल, युक्रेन र अन्य सुरक्षा खर्चका लागि अर्बौं डलरको सैन्य सहायताका लागि सिनेटको विनियोजन समितिसमक्ष अपिल गरेका थिए ।

    यसै महिनाको सुरुमा हमासको आक्रमणपछि इजरेलले प्यालेस्टिनी भूमिमा बमबारी सुरु गरेयता गाजा पट्टीमा भएको रक्तपातको प्रतीकस्वरूप करिब दुई दर्जन पर्यवेक्षकले रातो रङ (साङ्केतिक रूपमा रगतले पोतिएका) हात उठाएका थिए ।

    केहीले आफ्नो पाखुरामा ‘फ्री गाजा’ लेखिएको सन्देश बोकेका थिए र ‘इजरेललाई थप ४ डलर नदिनू’ भन्ने नारा लगाएका थिए भने केहीले ‘अब युद्धविराम’, ‘प्यालेस्टिनीहरू जनावर होइनन्’ र ‘सबैलाई लज्जित नतुल्याऊँ’ जस्तानारा लगाएका थिए ।

    एक जनाले ‘नरसंहारलाई समर्थन गर्न बन्द गर’ लेखिएको सर्ट लगाएका थिए ।

    केही प्रदर्शनकारीलाई प्रहरीले बाहिर निकालेपछि पनि ब्लिन्केनले धेरै पटक बोल्न रोकिएका थिए ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले कंग्रेसलाई १०५ अर्ब डलरभन्दा बढी सुरक्षा खर्चका लागि आग्रह गरेकका छन्, जसमा अमेरिकाको कट्टर सहयोगी इजरेलका लागि १४.३ अर्ब डलर पनि समावेश छ ।

    इजरेली सेना र हमासका लडाकूबीच मंगलबार गाजामा ‘भीषण युद्ध’ भएको इजरेली सेनाले जनाएको छ ।

    ट्यांक र बख्तरबन्द बुलडोजरहरू संकटग्रस्त क्षेत्रको भग्नावशेषबाट अघि बढेपछि संयुक्त राष्ट्रसंघले ‘अभूतपूर्व’ मानवीय आवश्यकताहरूको सामना गरिरहेको बताएको छ ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार हमासको आक्रमणप्रति इजरेलले गरेको प्रतिक्रियाका कारण हालसम्म आठ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।

    इजरेली अधिकारीहरूका अनुसार हमासले सीमापार गरेको निर्मम आक्रमणमा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो यसलाई इजरेलले यसलाई आफ्नो इतिहासमा सबैभन्दा रक्तपातपूर्ण आक्रमणको रूपमा उल्लेख गरेको छ । साभार हाम्राकुरा

    Post Views: 243
    प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार ०७:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.